ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तलब बढाएपछि आन्दोलन स्थगित


एबीसी न्यूज
भाद्र १४, २०७६ शनिबार  २ : ४८ बजे

काठमाडौं, १४  भदौ । अस्पताल प्रशासनले खाइपाइ आएको मासिक तलबमा वृद्धि गरी महँगीभत्ता दिने सहमति भएपछि बनेपा नगरपालिका–५ घोगेचौरस्थित शिर मेमोरियल अस्पतालका कर्मचारीले एक महीनादेखिको आन्दोलन स्थगित गरेका छन् ।

अस्पतालका कर्मचारीले पाउँदै आएको सेवा–सुविधाबाट वञ्चित गराई श्रमशोषण गरेको जनाउँदै गत साउन १६ गतेदेखि आफ्ना मागसहित कर्मचारी आलोपालो गरी धर्नामा बसेर अस्पतालको प्रशासन कार्यालय घेराउ गर्दै आएका थिए । गत मङ्गलबारदेखि सबै कर्मचारीले प्रशासन कार्यालय घेराउ गरेर भित्र कसैलाई पनि आवतजावत गर्न दिएका थिएनन् ।

जिल्ला समन्वय समितिप्रमुख उद्धव केसी, बनेपा नगरपालिकाका प्रमुख लक्ष्मीनरसिंह वादे श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगर, अस्पतालका कार्यकारी प्रमुख डा डेलएम मोले र वरिष्ठ कार्यकारी अधिकृत सुन्दर थापालगायत पदाधिकारी तथा नेपाल स्वास्थ्यकर्मी तथा अस्पताल कर्मचारी युनियन शिर मेमोरियल अस्पतालका अध्यक्ष राजकुमार श्रेष्ठलगायतका प्रदाधिकारीबीचको वार्तामा कर्मचारीले खाइपाइ आएको तलबमा १५ प्रतिशत वृद्धि गर्ने तथा मासिक रु एक अजार ५०० महँगीभत्ता दिने सहमतिपछि कर्मचारीको आन्दोलन स्थगित भएको हो ।

यसअघि आफ्ना मागबारे पटकपटक अस्पताल प्रशासनसँग पहलगर्दा कुनै चासो नदेखाएपछि आन्दोलनमा उत्रिएको कर्मचारीका अध्यक्ष श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार अन्य मागबारे अस्पताल प्रशासन र कर्मचारी युनियनका पदाधिकारीबीच छलफलबाट समाधान गर्दै जाने सहमति भएको छ । अस्पतालका विभिन्न विभागका विभिन्न तहमा २८६ कर्मचारी कार्यरत छन् ।

अस्पताल कर्मचारीले अस्पतालको आयव्यय सार्वजनिक गर्नुपर्ने, कर्मचारीलाई उचित पारिश्रमिक निर्धारण गर्नुपर्ने, प्रशासनिक एकाइमा कर्मचारी युनियनको सहभागिता गराउनुर्ने, अस्पतालको स्तरोन्नति एवं बिरामीको सेवा सुविधा बढाउनुपर्नेलगायतका मागराख्दै आएका थिए । विसं २०१८ देखि सञ्चालनमा आएको उक्त अस्पताल ‘सेभेन्थे–डे एडभेन्टिष्ट अस्पताल’को नामले समेत परिचित छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अध्यादेशमार्फत सत्ता केन्द्रिकरणको जोखिम बढ्दै

ट्रेड युनियन खारेजी: प्रधानमन्त्रीको ‘सिस्टम सुधार्ने’ अठोट र कर्मचारीको ‘कानुनी लडाइँ’

सम्बन्धित

ट्रेड युनियन खारेजी: प्रधानमन्त्रीको ‘सिस्टम सुधार्ने’ अठोट र कर्मचारीको ‘कानुनी लडाइँ’

स्मार्ट टेलिकमका प्रबन्ध निर्देशक जोशी पक्राउ

शेखर गोल्छा सीआईबी नियन्त्रणमै, बीमा सम्बन्धी कसुरमा अनुसन्धान जारी

रोशी खोलाको भेलमा फसेका ८९ जना यात्रुको सकुशल उद्धार

भूमि आयोगमाथि ‘अध्यादेश’ को प्रहार: अदालतलाई छल्ने कि सुकुमवासीलाई अल्झाउने?

रोशी खोलाको बहाव बढेपछि ५ गाडी र यात्रुको उद्धार, १५० सवारी साधन बीचमै रोकिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com