ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बेचबिखनविरुद्धको दिवस साताव्यापीरुपमा मनाउन शुरु


एबीसी न्यूज
भाद्र १४, २०७६ शनिबार  २ : ०६ बजे

काठमाडौं, १४  भदौ । भीमदत्तनगरमा मानव बेचबिखन तथा ओसारपसारविरुद्धको १३ औँ राष्ट्रिय दिवस साताव्यापीरुपमा मनाउन शुरु गरिएको छ । ‘सरकारको प्रतिबद्धता, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा हामी सबैको ऐक्यबद्धता’ भन्ने नाराका साथ भीमदत्त नगरपालिकाको अगुवाइमा विभिन्न सरकारी तथा गैरसरकारी सङ्घ संस्थाले संयुक्तरुपमा दिवस मनाउन थालेका हुन् ।

नगरपालिकाका उपप्रमुख सुशीला चन्दले पश्चिमी सीमानाका गड्डाचौकीबाट मानव बेचबिखन तथा ओसारपसारको अत्यधिक जोखिम भएकाले सीमा नाकालाई मध्यनजर गरी सरकारी तथा गैरसरकारी निकायसित सहकार्य गरी दिवस मनाउन शुरु गरिएको बताउनुभयो ।

“पश्चिमी नाकाबाट बेचबिखन तथा ओसारपासको जोखिम छ, त्यस कारण नगरपालिकाले गड्डाचौकी नाकालाई मध्यनजर गरी संयुक्तरुपमा कार्यक्रम बनाइएको छ, त्यसअनुसार बेचबखिनविरुद्ध सचेतना कार्यक्रम, नाका निगरानीलगायतका कार्यक्रम राखिएका छन”, उहाँले भन्नुभयो । अशिक्षा, जनचेतना कमी र गरीबीका कारण मानव बेचबिखन हुने गरेको उल्लेख गर्दै नगर उपप्रमुख प्रमुख चन्दले महिलाको आर्थिक अवस्था सुधार गर्नुपर्नेमा जोड दिनुभयो ।

केही दिनअघि भारतको राजधानी नयाँ दिल्लीमा गरिएको कार्यक्रममा समेत आफूले बेचबखिन र ओसारपसारविरुद्ध भारतका सरकारी तथा गैरसरकारी अधिकारीलाई जानकारी गराएर बेचबिखन अन्त्यका लागि सहयोग गर्न आग्रह गरिएको उहाँको भनाइ छ । मानव बेचबिखनविरुद्धको राष्ट्रिय दिवस सफल पार्न सरकारी तथा गैरसरकारी क्षेत्र सबैको भूमिका महत्वपूर्ण हुने भएकाले सहकार्य र समन्वय गरी जानुपर्नेमा उहाँले जोड दिनुभयो ।

वडा प्रहरी कार्यालयका इञ्चार्ज प्रहरी निरीक्षक मोहनजङ्ग बुढथापाले सरकारको नीतिअनुसार प्रहरी मानव बेचबिखन तथा ओसारपासर रोकथाममा लागेको बताउनुभयो । “मानव बेचबिखनविरुद्ध प्रहरीले सचेतनामूलक कार्यक्रम पनि चलाएको छ, नाका सङ्घसंस्था समन्वय र सहकार्य गरी रोकथामका काम पनि गर्र्दै आएको छ”, प्रहरी निरीक्षक बुढथापाले भन्नुभयो ।

अधिकारकर्मी प्रभुनिधि पन्तले मानब बेचबिखनविरुद्धको दिवससम्बन्धी जानकारी गराउनुभयो । उहाँले सीमा निगरानी, सचेतना मुलुक कार्यक्रम सञ्चालन र आर्थिक सशक्तीकरणका कार्यक्रम सञ्चालन गरिनुपर्नेमा जोड दिनुभयो । शुक्रबारदेखि दिवस मनाउने कार्यको शुरुआत गरिएको छ । सरकारले विसं २०६३ मा मानव बेचबिखन तथा ओसारपसारविरुद्धको राष्ट्रिय दिवस घोषणा गरेको थियो । दिवसको अन्तिम दिन यही भदौ २० गते पश्चिमी सीमा नाका गड्डाचौकीमा कार्यक्रम गरी समापन गरिने भीमदत्त नगरपालिकाका कलावती कुँवरले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अध्यादेशमार्फत सत्ता केन्द्रिकरणको जोखिम बढ्दै

ट्रेड युनियन खारेजी: प्रधानमन्त्रीको ‘सिस्टम सुधार्ने’ अठोट र कर्मचारीको ‘कानुनी लडाइँ’

सम्बन्धित

ट्रेड युनियन खारेजी: प्रधानमन्त्रीको ‘सिस्टम सुधार्ने’ अठोट र कर्मचारीको ‘कानुनी लडाइँ’

स्मार्ट टेलिकमका प्रबन्ध निर्देशक जोशी पक्राउ

शेखर गोल्छा सीआईबी नियन्त्रणमै, बीमा सम्बन्धी कसुरमा अनुसन्धान जारी

रोशी खोलाको भेलमा फसेका ८९ जना यात्रुको सकुशल उद्धार

भूमि आयोगमाथि ‘अध्यादेश’ को प्रहार: अदालतलाई छल्ने कि सुकुमवासीलाई अल्झाउने?

रोशी खोलाको बहाव बढेपछि ५ गाडी र यात्रुको उद्धार, १५० सवारी साधन बीचमै रोकिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com