ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अर्गानिक चियाको माग बढ्दै


admin
कार्तिक १३, २०७४ सोमबार  २ : १९ बजे

आठराई, तेह्रथुम, १३ कात्तिक । तेह्रथुममा उत्पादन गरिएको अर्गानिक चियाको माग बढ्दै गएको छ । गुणस्तरीय तथा अर्गानिक रुपमा जिल्लाको ग्रामीण क्षेत्रमा उत्पादित चिया नेपालको विभिन्न बजारमा बिक्री हुनथालेको छ ।

व्यावसायिक रुपमा चियाखेती गर्दैआएका कृषकबाट उत्पादन भएको चियाको माग बढ्दै गएको सिंहदेवी अर्गानिक चिया प्रशोधन केन्द्र सोल्माका सञ्चालनक रत्नबहादुर खड्काले बताउनुभयो ।

यहाँ उत्पादन भएको ग्रीन ‘टी’, ह्वाइट ‘टी’, गोल्डेन ‘टी’, ब्ल्याक ‘टी’ लगायतका तयारी चियाले बजार पाउन थालेको छ । चियाखेतीबाट आम्दानी लिन नसकेपछि निराश बन्दै आएका कृषकले पछिल्लो समय मनग्य आम्दानी लिन थालेका छन् ।

यहाँ उत्पादन भएको तयारी चिया अहिले नेपालको काठमाडाँैलगायत पर्र्वतका बजारमा बिक्री हुँदै आएको छ । प्रशोधन केन्द्रको अभावमा बगानमै खेर गइरहेको हरियो मुना विगत पाँच वर्षदेखि लालिगुराँस नगरपालिका– ९ सोल्मामा स्थापना भएको अर्गानिक चिया प्रशोधन केन्द्रबाटै तयारी हुन थालेपछि आम्दानी लिन थालेका हुन् ।

स्वाद र स्वास्थ्यका लागि अति नै उपयुक्त मानिएका अर्गानिक चिया उत्पादन हुन थालेपछि चिया ग्राहकलाई पनि फाइदा हुने गरेको छ । सिटीसी चिया मात्र प्रयोग गर्दै आएकामा यतिबेला अर्थाेडक्स चिया पिउनेको संख्या दिनप्रदिन बढ्दै गएको छ । कृषकले उत्पादन गरेको हरियो मुना अहिले प्रतिकिलो रु ५० देखि रु ५६ मा प्रशोधन केन्द्रले खरिद गरी तयारी चिया उत्पादन गर्दैआएको छ ।

शुरुका दिनमा आम्दानी लिन नसक्दा लगानी खेर गएको थिायो । अहिले पर्याप्त आम्दानी हुन थालेपछि कृषक चियाखेतीतर्फ आकर्षित भएका छन् । उत्पादनसँगै बजारीकरणमा ध्यान दिन सके कृषकको आर्थिक अवस्थामा सुधार आउने देखिन्छ । जिल्लामा उत्पादन भएको चियाले बजार पाए पनि दक्ष कामदार नहुँदा ग्राहकको माग पु¥याउन धौधौ भएको छ ।

दक्ष कामदारको अभावले पर्याप्त चिया उत्पादन गर्न नसकिएको कुलकुले चिया सहकारी संस्थाका सचिव डुडिन्द्र कटुवालले बताउनुभयो । यहाँ उत्पादन भएको तयारी चिया रु ६०० देखि रु सात हजारसम्ममा प्रशोधन केन्द्रबाटै बिक्री हुँदै आएको छ । जिल्लामा वार्षिक २५ हजार किलो तयारी चिया उत्पादन हुँदै आएको छ । जिल्लामा तीन हजार ८०० रोपनी क्षेत्रफलमा चिया खेती हुनेगरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रुपन्देही अदालतले रविको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता नगर्ने आदेश

रुपन्देही निर्वाचन: ६ जना पूर्वमन्त्रीको भिड, चुनावी प्रतिस्पर्धा तातिरहेको छ

सम्बन्धित

सुनको मूल्य ३ लाख ३९ हजार नाघ्यो

तीन वर्षमा २०७९ का चुनावी घोषणापत्रहरू :वाचा ठूला, कार्यान्वयन फितलो,कति अधुरा ? (तालिकामा विस्तृत)

सुनको भाउले विश्व अर्थतन्त्र र नेपालमा पार्ने प्रभाव

मेलम्ची बाढीः जलवायुजन्य हानी नोक्शानी कोषका लागि मेलम्ची बाढी सशक्त आधारः विज्ञहरु

अर्बौंका पाइपलाइन प्रोजेक्ट अघि बढाउँदै आयल निगमभारतबाट पाइपबाटै ग्यास ल्याउने तयारी

सुन–चाँदीको मूल्यमा नयाँ रेकर्ड ,तोलाको कतिमा हुँदैछ कारोबार ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com