काठमाडौं, ३ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ ।
दलहरूबीच केही समयदेखि संवादहीनताको अवस्था रहेका बेला प्रधानमन्त्री ओलीले आज सर्वदलीय बैठक बोलाउनुभएको हो । सा“झ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरूलाई बोलाइएको हो ।
संसदमा हाल नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, समाजवादी र राजपा गरी ४ दल छन् । बैठकमा प्रधानमन्त्रीले समसामयिक राजनीतिक विषय र आफ्नो आसन्न सिंगापुर भ्रमणबारे जानकारी गराउने बताइएको छ । १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गराउनुभएका प्रधानमन्त्री ओली हालै सिंगापुरमा स्वास्थ्य परीक्षण गराएर फर्कनुभएको थियो । चिकित्सकको सल्लाह अनुसार पुनःपरीक्षणका लागि उहा फेरि त्यसतर्फ जा“दै हुनुहुन्छ । आइतबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गरे पनि प्रधानमन्त्रीले आफ्नो स्वास्थ्यबारे केही बताउनुभएन ।
प्रधानमन्त्रीको सचिवालयले समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाइएको बताए पनि बैठकको एजेण्डाबारे जानकारी दिइएको छैन । खासगरी मंसिरमा हुने उपनिर्वाचन तथा सत्यनिरुपण तथा मेलमिलाप र वेपत्ता छानविन आयोगमा नियुक्तिको विषयमा छलफल गर्न ओलीले बैठक बोलाएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्