काठमाडौं, १ भाद्र । प्रधानमन्त्री केपी शर्मा ओलीले द्वन्द्धका घाउहरु अब धेरै समय बल्झिन नस्कने बताउनु भएको छ ।
शान्ति स्थापनार्थ सरकारले मेलमिलाप आयोग गठन गरेर द्वन्द्ध व्यवस्थापन र पीडितका घाउमा मलम लगाउन गृहकार्य अगाडी बढाइसकेको दावी गनुभयो ।
आज संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन सम्बन्धि आयोग सिफारिस आउने बित्तिकै सरकारले आयोग गठन गरेर सरकारले गरेका प्रतिबद्धता अनुसार काम गर्ने बताउनुभयो ।
द्वन्द्धको व्यवस्थापन गरेको लामो समय भएप पनि द्वन्द्धका घाउहरु खाटाहरु यथावत रहनु दुखद भएको उहाँको भनाइ थियो । सरकारले यसै हप्ता सिफारिसको आधारमा आयोग गठन गर्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्