काठमाडौं, १ भाद्र । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रविरोधी गतिविधिलाई निरन्तरता दिए त्यस्ता तत्वहरुलाई कारबाहीको दायरामा ल्याउने चेतावनी दिनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारको संयमयतालाई कमजोरी ठानेर नहौसिन पनि सचेत गराउनुभएको छ । उहाले सरकारले विरोध र आलोचनाको स्वागत गर्दै सरकारको संयमतालाई कमजोर नठान्न आग्रह गर्नुभयो । प्रधानमन्त्रीले प्रतिगामीहरु सडकमा आए भन्दैमा अहिलेको सरकार भाग्छ भन्ने नठान्न पनि आग्रह गर्नुभयो । उहाले आफूलाई अर्को चुनावदेखि बस्न मन नभएको बताउदै प्रतिगामी सडकमा आए भन्दैमा सरकार कमजोर भएको नसोच आग्रह गर्नुभयो ।
प्रधानमन्त्रीले सरकारले आवश्यक कानुनहरु छोटो समयमा नै निर्माण गरेको स्मरण गर्दै कतिपय आवश्यक कानुनहरु यही अधिवेशनबाट टुंगोमा पु¥याउनुपर्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले केही भएन भन्दा पनि आर्थिक वृद्धिदर उच्च भएको, बाटो, पुल निर्माण तीब्र भएको बताउनुभयो प्रधानमन्त्रीले मेलम्चीको ठेकेदार भागेपछि पनि सरकारले आफैं काम गरिरहेको, राष्ट्रिय गौरवका आयोजनाहरुको प्रधानमन्त्री कार्यालयबाट प्रत्यक्ष अनुगमनको व्यवस्था मिलाइएको, नीति तथा कार्यक्रमको कार्यान्वयनका लागि प्रधानमन्त्री र मन्त्रीहरुबीच सम्झौता भएको, मन्त्री र सचिवहरुको बीच समेत सम्झौता भएको जानकारी दिनुभयो ।
प्रधानमन्त्री ओलीले सिफारिस आउनेवित्तिकै यसै साता सत्य निरुपण र बेपत्ता आयोग गठन हुने जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीले छिट्टै अन्तरप्रदेश बैठक बोलाउने समेत जानकारी दिनुभयो ।रू
प्रतिक्रिया दिनुहोस्