ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वैदेशिक रोजागरीमा गएका पुरुषका श्रीमती चर्को हिंसा सहन बाध्य


एबीसी न्यूज
श्रावण ३२, २०७६ शनिबार  ५ : २२ बजे

काठमाडौँ, ३२ साउन । मुलुक विप्रेषण रेमिट्यान्सको भरमा चलेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७५/७६ को जेठ महिनामा कुल रु सात खर्ब ९९ अर्ब दुई करोड रेमिट्यान्स भित्रिएको छ । रेमिट्यान्सको आकार झण्डै रु आठ खर्बको भए पनि वैदेशिक रोजगारीबाट पर्न गएको सामाजिक मूल्यले पारेको प्रभावको आजसम्म कोही कसैले आँकल गर्न सकेको छैन । वैदेशिक रोजगारीबाट सिङ्गो मुलुक त प्रभावित छ नै, रोजगारीमा जाने व्यक्तिका परिवार, श्रीमती, सन्तति र समाजलाई झनै आक्रान्त परेको छ ।

राष्ट्रिय मानव अधिकार आयोगले गरेको ‘वैदेशिक रोजगारीमा गएका पुरुषको श्रीमतीले भोग्नुपरेको सामाजिक मूल्य एवं मनोरञ्जन, सत्कार सेवामा कार्यरत महिला तथा बालबालिकको अवस्था तथा मावन बेचबिखनको जोखिमता’ विषयको अध्ययनमा वैदेशिक रोजगारीमा गएका पुरुषका श्रीमतीले चर्को सामाजिक मूल्य चुकाउनु परेको उल्लेख गरिएको छ । रोजगारीका सिलसिलामा विदेशिएका व्यक्तिका श्रीमतीले विविध प्रकारको हिंसा खेप्न बाध्य भएका छन् । उनीहरुले सामाजिक, आर्थिक, यौनिक र घरेलु हिंसा सहन बाध्य भएको प्रतिवेदनमा औँल्याइएको छ । समाजमा हिँड्डुल गर्दा जिस्काउन, होच्याउने, सामाजिक रुपमा गालीगलौज गर्ने तथा विविध विषयमा लान्छना लगाएर हिंसा गर्ने गरेको अध्ययनका क्रममा पाइएको थियो ।

त्यस्तै बजार जाँदा, छिमेक तथा घरबाट नै विभिन्न लान्छाना लगाउन, राम्रो लुगा लगाउँदा पनि घर परिवारका सदस्यले परदेशमा रहेको श्रीमान्लाई फोन गरी विविध नकारात्मक टिप्पणी सुनाइदिने गरेको अध्ययनका क्रममा सहभागी युवतीले सुनाएका थिए । श्रीमान विदेश हुनेको श्रीमतीले बजार जाँदा नकारात्मक दृष्टिले हेर्ने, धकेल्ने, जिस्क्याउन खोज्ने प्रवृत्तिको पनि सामाना गर्नु परेको प्रतिवेदनमा उल्लेख गरेको छ । बढ्दो सामाजिक हिंसाका कारण मनमा नकारात्मक असर पर्ने, एक्लै घर बाहिर निस्कन असहज महसुस गर्ने गरेका अध्ययन प्रतिवेदनमा जनाइएको छ ।

अध्ययन प्रतिवेदनमा भनिएको छ, “सिन्धुलाल्चोक जिल्लामा पनि फलानोको श्रीमान् वैदेशिक रोजगारीमा गएको छ, उसको श्रीमतीलाई फकाएर घुमाउन लैजान प¥यो भन्ने समूह नै रहेको भन्ने सामूहिक छलफलका क्रममा सहभागीबाट आएको थियो ।” प्रायः गरी काठमाडौँ तथा अन्य छिमेकी जिल्लाबाट र घर छिमेकका युवाले यस्ता विषयमा लागि पर्ने गरेको देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । विवाह भएपछि श्रीमान वैदेशिक रोजगारीमा जानेको श्रीमती बढी सामाजिक हिंसाको शिकार हुने गरेको पाइएको छ । विवाह भएको छोटो समयमा वैदेशिक रोजगारीमा जाने युवाको श्रीमती तथा सानो उमेरमा विवाह गरी छाडेर वैदेशिक रोजगारीमा जाने युवाका श्रीमतीलाई यस्तो हिंसा धेरै हुने गरेको छ ।

अध्ययनमा सहभागी महिला पनि लगभग २० प्रतिशत २० वर्षभन्दा कम उमेरमा विवाह गरेका तथा विवाह गरेर मात्र विदेश गएका युवाका श्रीमती सहभागी थिए । वैदेशिक रोजगारीमा गएका युवाका श्रीमतीले चर्को सामाजिक मूल्य खेप्न परेपछि मानव बेचविखनको घटनामा वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ । परिवार, समाज तथा अन्य क्षेत्रबाट महिलाले भोग्दै आएको सामाजिक मूल्यको एउटै उपाय वैदेशिक रोजगारी ठान्ने गरिएको छ । हिंसाबाट छुटकारा पाउनका लागि कसैसँग सरसल्लाह नगरी छरछिमेकमा वैदेशिक रोजगारीमा गएका महिलालाई हेरी तुरुन्त राहदानी बनाउन जानुले पनि बेचबिखनको जोखिम बढाएको प्रतिवेदनले औँल्याएको छ ।

आयोगले वैदेशिक रोजगारीमा रहेका युवाका श्रीमतीले भोग्नुपरेको सामाजिक मूल्य र मानव बेचबिखनको बारेमा राष्ट्रव्यापी अध्ययन अनुसन्धान गरी यथाशीघ्र आवश्यक कदम चाल्न सुझाव दिएको छ । नजानिँदो तरिकाबाट वैदेशिक रोजगारीका कारण सामाजिक मूल्य भोगिरहेका महिलाले सामाजिक तथा पारिवारिक बहिस्कारसम्मको स्थिति रहेकाले आफ्नो घर ठाउँमा पनि दासत्व स्वीकार्न बाध्य भएको परिस्थितिलाई अन्त्य गर्न आवश्यक कदम चाल्न पनि आयोगले सिफारिश गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बनेपामा मनाइयो २५०० वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा

होर्मुज जलसन्धिमा ‘प्रोजेक्ट फ्रीडम’: अलपत्र जहाज निकाल्न ट्रम्पको नयाँ सैन्य कदम

सम्बन्धित

मन्त्रालय गाभिने खाका आज मन्त्रिपरिषद्‌मा पेस हुँदै

केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना

लिपुलेकबारे नेपालको दाबी भारतद्वारा अस्वीकार

फुकोट कर्णाली आयोजना: संसदीय अनुमोदन नपर्ने सर्वोच्चको फैसला, भारतलाई राहत !

अनामनगरको साततले घरमा दिउँसो डोजर चल्यो, साँझ मालिक पक्राउ

राष्ट्पतिले् संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता गर्नुका कारण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com