काठमाडौँ, ३२ साउन । उपप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सरकारले संविधान संशोधन नगर्नेमा आशंका रहेको बताउनु भएको छ ।
समाजवादी पार्टी गण्डकी प्रदेश समितिले शुक्रबार पोखरामा आयोजना गरेको पार्टी समायोजन तथा सपथ ग्रहण कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री यादवले सरकार गठन भएको लामो समय बितिसक्दा समेत सम्झौता बमोजिम संविधान संशोधन गर्न पहल नगर्दा सरकार भन्दा बलियो सदन र सडक रहेको दावी गर्नुभयो । उपप्रधानमन्त्री यादवले संविधान संशोधन गर्ने सम्झौता सहित सरकारमा बसेको बताउदै अहिलेको समयमा शर्त पुरा नहुनेका शंका उत्पन्न भएको बताउनु भयो ।
संविधान संशोधनका लागि सत्तापक्षको दुई तिहाइ मत पु¥याउन सरकारमा बसिरहेको पनि यादवले बताउनु भयो । उपप्रधानमन्त्री यादबले प्रदेशलाई बलियो बनाउन सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी प्रमुख प्रतिपक्ष कांग्रेस र राजावादी पार्टीले चलखेल गरिरहेको आरोप लगाउनु भयो ।
प्रतिक्रिया दिनुहोस्