काठमाडौँ, ३२ साउन । नेपाल कम्युनिष्ट पार्टीका विदेश बिभाग प्रमुख तथा पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले देशको बिकाशको निम्ति सबै एक जुट हुन आह्वान गर्नु भएको छ ।
शनिवार काठमाडौँमा भएको कार्यक्रममा बोल्दै देश बिकाशको लागि नागरिक, संघ/संस्था र सरकार एक साथ जुट्नु पर्ने बताउनु भएको हो । सानो/ठुलो जस्तो सुकै काममा ३ मुख्य पक्षको भूमिका हुने भन्दै पुर्व प्रधानमन्त्री नेपालले नागरिक सुस्त भए सरकार पनि सुस्त हुने बताउनु भयो । कहिले काही धेरै काम गर्ने अपेक्षा गरिएको सरकारले पनि काम गर्न नसक्ने भन्दै ३ पक्षको हातेमालोले ठुला ठुला काम बन्न सक्ने बिश्वाश ब्यक्त गर्नुभयो । पुर्व प्रधानमन्त्री नेपालले सरकारले गरेका कतिपय काम लामो अनुशन्धान र तयारी बिना आएको भन्दै चिन्ता पनि ब्यक्त गर्नु भयो ।
बोल्ने क्रममा कुन काम हतारमा आएको भन्ने स्पष्ट नभने पनि काठमाडौँको बिकाश निर्माण समयमा सम्पन्न गर्न र धुलो हिलो हटाउन स्थानीय स्तरबाट पनि काम गरिनु पर्ने बताउनु भयो । कार्यक्रममा पूर्व प्रधानमन्त्रि नेपालले सथानीय जनता ले आफुले गर्न सक्ने काम पनि सरकार औला र गरिदेला भनेर नकुर्न आग्रह गर्नु भयो ।
प्रतिक्रिया दिनुहोस्