ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेकपामा केन्द्रीय विभागको जिम्मेवारी – एकताको अर्काे चरण पूरा


एबीसी न्यूज

काठमाडौँ, ३१ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा केन्द्रीय विभागको जिम्मेवारी तोकिएसँगै एकीकरण प्रक्रियाले लगभग पूर्णता पाएको छ । पटक पटक छलफल हुँदै अनिर्णित रहेकामध्ये मुख्य नेताहरुको जिम्मेवारी बाँडफाँटले नेताहरुबीचको मतान्तरलाई कम गराउने समेत देखिएको छ । पार्टी र सरकारबीचको समन्वय बढाई देशव्यापी एकताको सन्देश दिन ढिलाइ भएका बेला केन्द्रीय विभागका प्रमुख र उपप्रमुख तोकिनुले कार्यकर्ता तहमा सकारात्मक सन्देश दिएको छ । पटक पटक स्थगन हुँदै आएको सचिवालय बैठकले आज विभाग प्रमुख र प्रदेश सहइञ्चार्ज टुङ्ग्याएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज सम्पन्न नेकपा सचिवालय बैठकले ३३ केन्द्रीय विभागका प्रमुख र उपप्रमुख तथा सात प्रदेशमा थप सहइन्चार्ज तोकेको हो । केन्द्रीय सदस्यको कार्यविभाजन, पोलिटब्युरो गठन, जनवर्गीय सङ्गठनका इन्चार्ज र सहइन्चार्ज निर्धारण, सम्पर्क समन्वय कमिटी, विशेष प्रदेश कमिटी, प्रवास सङ्गठनको बाँकी पूर्णताबारे शनिवार बस्ने सचिवालय बैठकमा छलफल हुने नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । यसअघि सचिवालय, स्थायी कमिटी, प्रदेश कमिटी, प्रदेश इन्चार्ज, जनसङ्गठनका संयोजक र सहसंयोजक तथा जिल्ला र स्थानीय तह कमिटीका अध्यक्ष र सचिवसमेत टुङगो लागेको थियो । अधिकांश जिल्ला र स्थानीय तहका कमिटीले पूर्णता पाइसकेका छन् ।

तत्कालीन नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र० बीच २०७५ जेठ ३ मा एकता भएको पार्टीले अन्तरिम विधान र राजनीतिक प्रतिवेदनलाई अन्तिमरुप दिई प्रकाशन गरिसकेको छ । तीन महिनाभित्र एकता प्रक्रिया पूर्णता दिइने घोषणा गरिएको थियो । बैठकले प्रदेश नं १ सहइन्चार्जम शेरधन राई र नरेश खरेल, प्रदेश नं २ मानागेन्द्र चौधरी र महेन्द्र पासवान, प्रदेश नं ३ मा हितमान शाक्य र काशीनाथ अधिकारी, गण्डकी प्रदेशमा किरण गुरुङ र यशोदा सुवेदी, प्रदेश नं ५ मा वैजनाथ चौधरी र कुलबहादुर केसी, कर्णाली प्रदेशमा कालीबहादुर मल्ल र प्रकाश ज्वाला तथा सुदूरपश्चिम प्रदेशमा भानुभक्त जैशी र खगराज भट्टलाई थप गरेको नेकपाका प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । बैठकले विदेश विभाग प्रमुखमा वरिष्ठ नेता माधवकुमार नेपाल, नीति अध्ययन र प्रतिष्ठान विभागमा नेता झलनाथ खनाल, स्कूल विभाग प्रमुखमा ईश्वर पोखरेल, सङ्गठन विभाग प्रमुखमा वामदेव गौतम, प्रचारमा प्रवक्ता श्रेष्ठ र अर्थ तथा योजना विभागमा सुरेन्द्रप्रसाद पाण्डेलाई जिम्मेवारी दिएको पार्टीका महासचिच विष्णुप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । यसैगरी बैठकले पार्टी केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी ईश्वरी रिजाल र श्रीराम ढकाललाई दिने निर्णय गरेको छ ।

मन्त्रीलाई सम्बन्धित विभागको जिम्मेवारी केन्द्रीय विभागको जिम्मेवारी निर्धारण गर्ने क्रममा केही मन्त्रीले सम्हालेको मन्त्रालयकै विषयको विभागको जिम्मेवारी पाउनुभएको छ । गृहमन्त्री रामबहादुर थापालाई राज्य व्यवस्था विभाग, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईलाई पर्यटन प्रवद्र्धन तथा नागरिक उडड्यन विभाग, शिक्षा तथा मानवस्रोत विभागमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल एवं सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई सामान्य विभागको प्रमुख बनाइएको छ । यसैगरी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवलाई उपभोक्ता हित तथा आपूर्ति विभाग, ऊर्जा तथा सिँचाइमन्त्री वर्षामान पुनलाई जलस्रोत, सिँचाइ तथा ऊर्जा विभाग, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई भौतिक पूर्वाधार तथा यातायात विभाग, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टलाई श्रम तथा रोजगार विभाग, कृषि तथा पशुपक्षीमन्त्री चक्रपाणि खनाललाई कृषि तथा भूमिसुधार विभाग, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतलाई वन तथा वातावरण विभाग, खानेपानीमन्त्री विना मगरलाई खानेपानी तथा सरसफाइ विभागको प्रमुखको जिम्मेवारी दिइएको छ ।

उपाध्यक्षमा गौतम प्रस्तावित बैठकले पार्टी उपाध्यक्षमा नेता गौतमलाई जिम्मेवारी दिन स्थायी कमिटीमा प्रस्ताव लाने निर्णय पनि गरेको बुझिएको छ । पार्टीको अन्तरिम विधानमा उक्त पदको व्यवस्था नभए पनि सचिवालयले यो नयाँ प्रस्ताव ल्याएको हो । पार्टीका नेता झलनाथ खनालले बैठकमा दुवै अध्यक्षले गौतमलाई सो पदमा जिम्मेवारी दिन प्रस्ताव गरेको जानकारी दिँदै उक्त प्रस्तावमा आफूहरुले समर्थन गरेको बताउनुभयो । यो प्रस्ताव स्थायी र केन्द्रीय कमिटीमा छलफलका लागि लगिने उहाँले जानकारी दिनुभयो । विभागीय जिम्मेवारीको सूची ः क्रम संख्या कार्यक्षेत्र जिम्मेवारी १ अर्थ तथा योजना विभाग प्रमुख – सुरेन्द्रप्रसाद पाण्डे उपप्रमुख – डोरप्रसाद उपाध्याय २ उद्योग तथा वाणिज्य विभाग प्रमुख – राधाकुमारी ज्ञवाली उपप्रमुख – वामदेव क्षेत्री ३ उपभोक्ता हित तथा आपूर्ति विभाग प्रमुख – मातृकाप्रसाद यादव उपप्रमुख – बलराम बाँस्कोटा ४ कृषि तथा भूमिसुधार विभाग प्रमुख – चक्रपाणि खनाल उपप्रमुख – हरि पराजुली ५ कोष तथा आर्थिक व्यवस्थापन विभाग प्रमुख – हरिबोल गजुरेल उपप्रमुख – कृष्णगोपाल श्रेष्ठ ६ खानेपानी तथा सरसफाइ विभाग प्रमुख – विना मगर उपप्रमुख – ममता गिरी ७ जलस्रोत, सिंचाइ तथा ऊर्जा विभाग प्रमुख – वर्षमान पुन उपप्रमुख – परशु मेघी गुरुङ ८ निर्वाचन विभाग प्रमुख – प्रदीपकुमार ज्ञवाली उपप्रमुख – खिमलाल देवकोटा ९ न्याय, कानून तथा मानवअधिकार विभाग प्रमुख – रघुजी पन्त उपप्रमुख – मुक्तिनारायण प्रधान १० पर्यटन प्रवद्र्धन तथा नागरिक उड्डयन विभाग प्रमुख – योगेशकुमार भट्टराई उपप्रमुख – पासाङ शेर्पा ११ प्रचार तथा प्रकाशन विभाग प्रमुख – नारायणकाजी श्रेष्ठ उपप्रमुख – सूर्यबहादुर थापा १२ प्रादेशिक मामला विभाग प्रमुख – घनश्याम भुसाल उपप्रमुख – परशुराम तामाङ १३ पार्टी स्कूल विभाग प्रमुख – ईश्वर पोख्रेल उपप्रमुख – देवेन्द्र पौडेल १४ पुस्तकालय तथा अभिलेख विभाग प्रमुख – नारायणप्रसाद शर्मा उपप्रमुख – ज्ञानबहादुर भुजेल १५ भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभाग प्रमुख – रघुवीर महासेठ उपप्रमुख – हरि अधिकारी १६ युवा तथा खेलकूद विभाग प्रमुख – टोपबहादुर रायमाझी उपप्रमुख – ठाकुर गैरे १७ राजकीय मामला तथा सुशासन विभाग प्रमुख – रामबहादुर थापा उपप्रमुख – गुरुप्रसाद बराल १८ वन तथा वातावरण विभाग प्रमुख – शक्तिबहादुर बस्नेत उपप्रमुख – चूडामणि जङ्गली १९ विज्ञान तथा प्रविधि विभाग प्रमुख – गणेश शाह उपप्रमुख – अरुणप्रसाद नेपाल २० विदेश मामला विभाग प्रमुख – माधवकुमार नेपाल उपप्रमुख – सुरेन्द्र कार्की २१ शिक्षा तथा मानवश्रोत विभाग प्रमुख – गिरिराजमणि पोखरेल उपप्रमुख – विजय पौडेल २२ श्रम तथा रोजगार विभाग प्रमुख – गोकर्ण विष्ट उपप्रमुख – रामेश्वर राय यादव २३ सङ्गठन विभाग प्रमुख – वामदेव गौतम उपप्रमुख – जनार्दन शर्मा २४ सङ्घीय संसदीय विभाग प्रमुख – सुवास नेम्वाङ उपप्रमुख – देवप्रसाद गुरुङ २५ समाजकल्याण विभाग प्रमुख – केशवलाल श्रेष्ठ उपप्रमुख – गोपाल ठाकुर २६ सहकारी तथा गरीबी निवारण विभाग प्रमुख – विष्णुप्रसाद रिमाल उपप्रमुख – धर्मदत्त देवकोटा २७ शहरी विकास विभाग प्रमुख – लेखराज भट्ट उपप्रमुख – जगन्नाथ खतिवडा २८ सामान्य प्रशासन विभाग प्रमुख – लालबावु पण्डित उपप्रमुख – रेखा शर्मा २९ साहित्य, कला तथा संस्कृति विभाग प्रमुख – मणि थापा ३० स्थानीय तह विभाग प्रमुख – युवराज ज्ञवाली उपप्रमुख – उर्मिला अर्याल ३१ स्वास्थ्य तथा जनसङ्ख्या विभाग प्रमुख – राजेन्द्रप्रसाद पाण्डे उपप्रमुख – अञ्जना विसङ्खे ३२ नीति अनुसन्धान प्रतिष्ठान संयोजक – झलनाथ खनाल सहसंयोजक – रामचन्द्र झा

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com