साहित्यकार सुरेन्द्र महर्जन अमरको तिज गीत सार्वजनिक



 

काठमाडौं, ३० साउन । नेपाली महिलाहरुको महान पर्व हरितालिका तिजको अवशरमा नयाँ गित बजारमा आएको छ । नेपाली समाजको विसंगति विकृति विरुद्ध तीखो प्रहार गर्दै यसै अवसरमा कवि, गीतकार, एवं साहित्यकार सुरेन्द्र महर्जन अमर को तिज गीत सार्वजनिक भएको छ ।  छमछ्मी नाच्ने कमर भाँच्ने  बोल रहेको उक्त गित निकै समय सान्र्दंभिक रहेको छ । राम कार्कीको संगीत रहेको उक्त तिज गीतमा राम कार्की, सुरेश थापा, शान्ता कार्की र अनिता दंगालको स्वर रहेको छ ।

भिडियोको निर्देशन सुरेश थापाले गरेको हो भने अभिनयमा दर्शने भनी चिनिने हाँस्य कलाकार सुरेश थापा, शान्ता कार्की, अनिता दंगाल, किरण नेपाली, भुवन के पोखरेल र अस्मिता कार्की आदिको बेजोड प्रस्तुत रहेको छ । भिडियो इडिट एस के थापा र सिनेमाग्राफी नवराज खड्काको रहेको छ ।

    Comment Here!


सम्बन्धित समाचार

View All