धनुषा २९ साउन । जिल्ला प्रशासन कार्यालय धनुषामा प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेल र सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रशासकिय अधिकृत बिचमा कार्य सम्झौता भएको छ ।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेल र गृहमन्त्रालयका सचिव बिच भएको कार्य सम्पादन सम्झौता अन्र्तगत धनुषाका प्रमुख जिल्ला अधिकारीले आफ्नो मातहतका कर्मचारी बिचमा कार्य सम्पादन सम्झौता गर्नु भएको छ । प्रमुख जिल्ला अधिकारीले सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेल र प्रशासकिय अधिकृत दिपक कर्ण,लेखनाथ खतिवडा र गणेशचन्द्र मिश्र बिचमा सम्झौता भएको छ । प्रमुख जिल्ला अधिकारी कणलेले चालु आर्थिक वर्षमा जनतालाई सेवाप्रवाहको विषयमा विभिन्न ७ बुँदे सम्झौता भएको जानकारी दिनुभयो ।
कर्मचारीहरु बढुवा समेत यसको आधार हुने जानकारी दिनुभयो । उहाले विभिन्न सात बुँदे सहमति भएको बताउनुभयो । यसले कार्य सम्पादनमा सक्रियता आउने विश्वास व्यक्ति गर्नुभयो । जिल्ला प्रशासन कार्यालय धनुषाले गत आर्थिक वर्षमा वंशजको आधारमा नागरिकता १६ हजार ४ सय ८, वैवाहिक अंगिकृत ७ सय ७९,प्रतिलिपि नागरिकता ९ हजार ४ सय ३३, राहदानी ७ हजार ५ सय ३२, संस्था दर्ता १ सय ३६, संस्था नविकरण ४ सय २५ तथा पत्रपत्रिका दर्ता ३ वटा भएको छ । त्यसैगरि जिल्ला शासन कार्यालय धनुषामा मुद्दाको संख्या २ हजार ६सय १४ रहेको छ । मुद्दाको फैसला २सय ९२ ,ठाडो उजुरीको संख्या १ हजार १६, अभद्र व्यवहार १ सय ७५,सार्वजनिक शान्ति विरुद्ध ६५,केही सार्वजनिक अपराध ७४ र बजार अनुगमन १४ भएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्