ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एक महिनादेखि नगरपालिकामा लागेको ताला खोलियो


एबीसी न्यूज

धनुषा २९ साउन । विगत एक महिना देखि धनुषाको हँसपुर नगरपालिकामा लागेको ताला खोलिएको छ । नगरपालिकाका प्रमुख तथा उपप्रमुख बिचको विवादका कारण लागेको ताला बुधबार खोलिएको हो । नगरपालिकाका प्रमुख रामज्ञान मण्डलले काम गर्ने वातावरण बघचौडामा नरहेका कारण बेल्हीचोकमा गत साउन ३ गते अस्थायी कार्यालय सारेका थिए ।

प्रमुख मण्डलले बघचौडास्थित कार्यालयमा रहेको कागजात तथा फाइलहरु लग्न खोजेपछि आफूले साउन ३ गते राति ११ बजे सो कागजातहरुको सुरक्षाका लागि ताला लगाएको उपप्रमुख रेणु झाले बताइन् । उनले नगरपालिकाका अधिकृत हरिशंकर यादव, प्रशासनिक अधिकारी तथा सञ्चारकर्मीहरुको रोहवरमा ताला खोलेकी हुन् । यता उच्च अदालत जनकपुरले बघचौडामैे तत्कालका लागि कार्यालय संचालनमा ल्याउन अन्तरिम आदेश दिएपछि आफूले ताला खोलेको उपप्रमुख झाले बताइन् ।

उच्च अदालत जनकपुरले मंगलबार भदौ ३ गते बहस नभएसम्मका लागि कार्यालयलाई यथास्थितिमै राख्न आदेश दिएको थियो । नगरपालिकाको कार्यालय खोलिएपछि सम्पूर्ण कामकाज समेत बघचौडाबाटै संचालनमा आएको छ । नगरपालिकाको हाजिरी रजिष्टरमा अधिकृत यादवले हस्ताक्षर गर्दै कामकाज संचालनमा ल्याएका हुन् । नगरपालिकाका अधिकृत हरिशंकर यादवले अदालतले आदेश दिएपछि आफूहरु आदेशको सम्मान गर्दै बघचौडास्थित कार्यालयमा उपस्थित कामकाज संचालनमा ल्याएको बताए ।

यसअघि प्रमुख रामज्ञान मण्डलले बेल्ही चोकस्थित कार्यालय संचालनमा ल्याएपछि कर्मचारीहरुले साबिकको कार्यालयमा उपस्थित नभई बेल्हीचोकमै उपस्थित हुँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com