ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एक महिनादेखि नगरपालिकामा लागेको ताला खोलियो


एबीसी न्यूज
श्रावण २९, २०७६ बुधबार  ५ : ०२ बजे

धनुषा २९ साउन । विगत एक महिना देखि धनुषाको हँसपुर नगरपालिकामा लागेको ताला खोलिएको छ । नगरपालिकाका प्रमुख तथा उपप्रमुख बिचको विवादका कारण लागेको ताला बुधबार खोलिएको हो । नगरपालिकाका प्रमुख रामज्ञान मण्डलले काम गर्ने वातावरण बघचौडामा नरहेका कारण बेल्हीचोकमा गत साउन ३ गते अस्थायी कार्यालय सारेका थिए ।

प्रमुख मण्डलले बघचौडास्थित कार्यालयमा रहेको कागजात तथा फाइलहरु लग्न खोजेपछि आफूले साउन ३ गते राति ११ बजे सो कागजातहरुको सुरक्षाका लागि ताला लगाएको उपप्रमुख रेणु झाले बताइन् । उनले नगरपालिकाका अधिकृत हरिशंकर यादव, प्रशासनिक अधिकारी तथा सञ्चारकर्मीहरुको रोहवरमा ताला खोलेकी हुन् । यता उच्च अदालत जनकपुरले बघचौडामैे तत्कालका लागि कार्यालय संचालनमा ल्याउन अन्तरिम आदेश दिएपछि आफूले ताला खोलेको उपप्रमुख झाले बताइन् ।

उच्च अदालत जनकपुरले मंगलबार भदौ ३ गते बहस नभएसम्मका लागि कार्यालयलाई यथास्थितिमै राख्न आदेश दिएको थियो । नगरपालिकाको कार्यालय खोलिएपछि सम्पूर्ण कामकाज समेत बघचौडाबाटै संचालनमा आएको छ । नगरपालिकाको हाजिरी रजिष्टरमा अधिकृत यादवले हस्ताक्षर गर्दै कामकाज संचालनमा ल्याएका हुन् । नगरपालिकाका अधिकृत हरिशंकर यादवले अदालतले आदेश दिएपछि आफूहरु आदेशको सम्मान गर्दै बघचौडास्थित कार्यालयमा उपस्थित कामकाज संचालनमा ल्याएको बताए ।

यसअघि प्रमुख रामज्ञान मण्डलले बेल्ही चोकस्थित कार्यालय संचालनमा ल्याएपछि कर्मचारीहरुले साबिकको कार्यालयमा उपस्थित नभई बेल्हीचोकमै उपस्थित हुँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बनेपामा मनाइयो २५०० वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा

होर्मुज जलसन्धिमा ‘प्रोजेक्ट फ्रीडम’: अलपत्र जहाज निकाल्न ट्रम्पको नयाँ सैन्य कदम

सम्बन्धित

मन्त्रालय गाभिने खाका आज मन्त्रिपरिषद्‌मा पेस हुँदै

केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना

लिपुलेकबारे नेपालको दाबी भारतद्वारा अस्वीकार

फुकोट कर्णाली आयोजना: संसदीय अनुमोदन नपर्ने सर्वोच्चको फैसला, भारतलाई राहत !

अनामनगरको साततले घरमा दिउँसो डोजर चल्यो, साँझ मालिक पक्राउ

राष्ट्पतिले् संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता गर्नुका कारण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com