ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महासङ्घको प्रदेशस्तरीय घोषणापत्र पारित


एबीसी न्यूज
श्रावण २५, २०७६ शनिबार  ८ : ४८ बजे

काठमाडौं,  २५ साउन  । नेपाल पत्रकार महासङ्घको आज यहाँ सम्पन्न दुई दिने प्रदेशस्तरीय कार्याशाला गोष्ठीले ११ बुँदे घोषणापत्र जारी गरेको छ । महासङ्घका प्रदेश नं ५ का १२ जिल्लाका अध्यक्ष र केन्द्रीय पदाधिकारी सहभागी उक्त कार्यक्रममा पत्रकार र पत्रकारितासँग जोडिएको ११ बुँदे घोषणापत्र सर्वसम्मतले पारित गरेको हो ।

महासङ्घले दिएको जानकारीअनुसार घोषणापत्रमा पत्रकार आचारसंहिताप्रति प्रतिबद्ध रहन सबै पत्रकारलाई आग्रह गर्दै स्वनियममा रहन र पत्रकारितालाई मर्यादित र व्यावसायिक बनाउन सम्पूर्ण सञ्चारमाध्यम र सञ्चारकर्मीलाई आग्रह गरिएको छ । पत्रकारिता नगरेकाहरुले स्वघोषणा गरी महासङ्घको सदस्यता त्यागी शुद्धीकरण अभियानमा सहयोग पु¥याउन आग्रह गरिएको छ ।

प्रेस स्वतन्त्रताको रक्षा, श्रमजीवी पत्रकार ऐन कार्यान्वयन र सूचनाको हक लागू गर्ने सवालमा सबै पक्ष प्रतिबद्ध हुन, सरकारद्वारा प्रस्तावित मिडिया काउन्सिल विधेयकका कतिपय बुँदामा महासङ्घसँग भएको सहमतिअनुसार परिमार्जन गर्न सरकारसँग भेलाले आग्रह गरेको छ ।
स्थानीय र साना लगानीका सञ्चारमाध्यमलाई संरक्षण र संवद्र्धनका लागि भेलाले समानुपातिक विज्ञापन नीति लागू गर्न र स्थानीय विज्ञापन स्थानीय सञ्चारमाध्यमलाई उपलब्ध गराउन सम्बन्धित सबैलाई अनुरोध गरेको छ ।

यस्तै रेडियो नेपालले दाङबाट प्रदेशस्तरीय प्रसारण र नेपाल टेलिभिजनले बाँकेबाट प्रदेशस्तरीय प्रसारण शुरु गरेकामा प्रशंसा गर्दै गोरखापत्र, सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समिति ९रासस० तथा अन्य सञ्चारमाध्यमलाई पनि प्रादेशिक सेवा शुरु गर्न भेलाले आग्रह गरेको छ ।

पत्रपत्रिका वर्गीकरण, पत्रकार परिचयपत्र वितरण, पत्रकारहरुको क्षमता वृद्धिका लागि प्रादेशिकस्तरमा आमसञ्चार प्रतिष्ठान अविलम्ब गठन गर्न पनि आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेताको घरमा जलेको पैसाको अनुसन्धान हुनुपर्छ : गगन थापा

सर्वोच्चको फैसला कुर्दै कांग्रेस, गगन पक्षले मान्यता पाए औपचारिक विभाजनको संकेत

सम्बन्धित

मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै

आज विश्व क्षयरोग दिवस

डोटीमा जिप दुर्घटना, २ जनाको घटनास्थलमै मृत्यु

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

पाथीभरा दर्शनमा आएका एक बालकको मृत्यु

दुई महामन्त्री लिएर ओलीलाई समवेदना दिन गुण्डु पुगे विश्वप्रकाश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com