ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अस्पताल परिसरमै फोहर जलाउँदा स्थानीयले यस्तो सम्म गरे


एबीसी न्यूज
श्रावण २५, २०७६ शनिबार  ३ : ०५ बजे

काठमाडौं,  २५ साउन  । झापाको दमकमा रहेको लाइफलाइन अस्पताल प्रालिले अस्पतालबाट निस्किएको फोहर मापदण्डविपरीत आफ्नै परिसरमा जलाउने गरेको पाइएको छ । अस्पतालबाट निस्किएको फोहर परिसरमै जलाउँदा भाइरलको समस्या देखापरेको भन्दै स्थानीयवासी आन्दोलित बनेका छन् ।

स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तारोन्नति मापदण्डसम्बन्धी निर्देशिका–२०७० मा ‘अस्पतालबाट निस्काशन हुने सामान्य तथा चिकित्साजन्य फोहरमैला प्रकृति अनुसार स्रोतमै अलग–अलग छुट्ट्याउने, सङ्कलन तथा उचित विर्सजन गर्ने व्यवस्था मिलाउनुपर्ने हुन्छ’ भनिएको छ ।

त्यस्तै फोहरमैला व्यवस्थापन नियमावली २०७० मा स्वास्थ्य संस्थाजन्य हानिकारक फोहरमैलाको निर्मलीकरण, प्रशोधन र व्यवस्थापन गरिनुपर्ने व्यवस्था भए पनि उक्त अस्पतालले निस्किएको सबै फोहर जलाउने गरेको पाइएको हो । ऐनको उपनियम २ बमोजिम स्वीकृति प्राप्त स्वास्थ्य संस्थाले स्वास्थ्य संस्थाजन्य फोहरमैलाको प्रशोधन, निर्मलीकरण एवं व्यवस्थापन सम्बन्धी कार्य आफैंले गर्नुपर्ने व्यवस्था गरेको भए पनि सो अस्पतालले वर्षौदेखि अस्पतालबाट निस्किएको फोहर यसैगरी जलाउँदै आएको स्थानीयवासीको भनाइ छ ।

अस्पतालबाट निस्किएको फोहरमैलाको उचित व्यवस्थापन नहुँदा भाइरलको समस्या देखापरेको स्थानीवासी शान्ता निरौलाले बताउनुभयो । उहाँले भन्नुभयो, “वर्षौदेखि यो अस्पतालले यसैगरी अस्पतालको सबै फोहर जलाउँदै आएको छ । जसका कारण बालबालिकामा भाइरलको समस्या देखा परेको छ ।” दमक नगरपालिका–१० मा रहेको सो अस्पतालले अस्पतालको पश्चिमतर्फ रहेको खाली जमीनमा फोहर जलाउने गरेको छ । फोहर जलाउँदा धुँवाका कारण बालबालिकामा स्वाशप्रश्वाशमा समस्या, भाइरल ज्वरो, खोकी लगेर अस्पताल नै लानु परेको उहाँले बताउनुभयो ।

अस्पतालले तीन दिनदेखि खुरुखुरु दिउँसो अस्पताल परिसरभित्रै फोहर जलाएको भन्दै स्थानीवासीले अस्पतालका मेडिकल डाइरेक्टर डा मुक्तिप्रसाद भट्टराईलाई फोहर जलाउन बन्द नगरे अस्पताल घेराउ गर्ने चेतावनी दिएका छन् । स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तारोन्नति मापदण्डसम्बन्धी निर्देशिका – २०७० ले फोहरको सेग्रिगेशन, कलेक्सन, ट्रान्सपोर्टेशन, ट्रिटमेन्ट र अन्तिम विसर्जन छुट्टै योजना तयार गरी उपयुक्त प्रविधिबाट फोहरव्यवस्थापन गर्नुपर्ने भने पनि अस्पताल सञ्चालकले आफुखुशी फोहर अस्पताल परिसरभित्रै जलाउँदा मानवस्वास्थ्यमा अस्पतालकै कारण गम्भीर असर परेको बताइन्छ ।

अस्पतालले फोहरमैला व्यवस्थापन गर्दा मर्करीयुक्त उपकरणको सट्टामा डिजिटालाइज्ड उपकरण प्रयोगमा ल्याउनुपर्ने निर्देशिकाले प्रष्ट भने पनि अस्पतालले आफ्नै खाली जमीनलाई डम्पिङसाइड बनाएको स्थानीयवासी जीवन विष्टले बताउनुभयो । उहाँँले भन्नुभयो, “आफूहरुले पटक–पटक अस्पतालबाट निस्किएको फोहर जलाउनु हुँदैन भने पनि अस्पताल प्रशासनले गाउँलेको कुराको कुनै सुनुवाइ गरेको छैन ।”

तीन वर्षअघि नै अस्पतालबाट निस्कने फोहर यसरी नजलाउन अस्पताल प्रशासनलाई भने पनि अस्पतालले नटेरेको अर्का स्थानीयवासी पुण्य पोखरेले बताउनुभयो । अस्पताल प्रशासनले भने संयोगवस यस्तो भएको जनाएको छ । अस्पतालका मेडिकल डाइरेक्टर डा। भट्टराईले आफूहरुले नियतवस् यस्तो नगरेको बताउनुभयो । उहाँँले भन्नुभयो, “कर्मचारीबाट यस्तो गल्ती भयो होला, नगरपालिकासँग समन्वय गरेर फोहर तत्काल व्यवस्थापन गर्छौं ।”

प्रतिक्रिया दिनुहोस्

भर्खरै

फिर्ता भएको अध्यादेश पुनः अघि बढाउने सरकारको निर्णय, संवैधानिक बहस चर्कियो

संविधान संशोधन बहस सघन, न्यायपालिका सुधारबारे विज्ञहरूबीच मतभेद

सम्बन्धित

सरकारले फेरि भन्यो– लिपुलेक पास हुँदै कैलाश मानसरोवर जाने बाटोमा पर्ने भू–भाग हाम्रै हो

फिर्ता भएको अध्यादेश पुनः अघि बढाउने सरकारको निर्णय, संवैधानिक बहस चर्कियो

संविधान संशोधन बहस सघन, न्यायपालिका सुधारबारे विज्ञहरूबीच मतभेद

मन्त्रालय गाभिने खाका आज मन्त्रिपरिषद्‌मा पेस हुँदै

केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना

लिपुलेकबारे नेपालको दाबी भारतद्वारा अस्वीकार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com