ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वातावरण नजोगाए डाइनोसरको अवस्थामा पुग्ने खतरा– मन्त्री बाँस्कोटा


एबीसी न्यूज
श्रावण २५, २०७६ शनिबार  २ : ५० बजे

काठमाडौं,  २५ साउन  । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले मानिसले वातावरण नजोगाए मानिस डाइनोसरको अवस्थामा पुग्ने बताउनुभएको छ । सूर्यविनायक नगरपालिका–२ बालकोटमा आज सार्वजनिक निजी सहकारीयात्रा, स्वच्छ, सफा हरियाली सडक प्रवद्र्धन अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै उहाँले मानवकै कारण डाइनोसर जस्तै लोप हुने अवस्थामा पुग्नसक्ने खतरा रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “ठूला औद्योगिकरणको प्रत्यक्ष असर हिमाललाई परिरहेको छ, वातावरण प्रदूषण बढिरहेको छ, अव मानिस डाइनोसर हुने कि नहुने रु” विकास पृथ्वी र मावनजातीको हितका लागि भएकाले रुख रोप्ने, वातावरण जोगाउने, हिमाल जोगाउने अभियानमा नलागे मानव जीवनमा ठूलो सङ्कट आउने उहाँको भनाइ थियो ।

सञ्चारमन्त्री बाँस्कोटाले ठूला औद्योगिकरणको असरले हिमाल पग्लिएर नेपाल, भारत, पाकिस्तान, बङ्गलादेश, भुटानलाईसमेत निकै असर गरिसकेकाले सबै मिलेर वातावरण जोगाउन अग्रसर हुनुपर्ने बताउनुभयो ।

मानिसमा आफूले गल्ती गर्ने र दोष सरकारलाई दिने प्रवृत्ति बढेको बताउँदै मन्त्री बाँस्कोटाले भन्नुभयो, “मान्छे आफू बाटो मिच्छ, बाटो फराकिलो पार्न परे अलिकति जग्गा दिन मान्दैन, अनि बाटो भएन भनेर सरकालाई गाली गर्छ, मानिस आफ्नो घरको फोहर बाटोमा ल्याएर फाल्छ, अनि फोहर भो भनेर सरकारलाई गाली गर्छ, यस्तो प्रवृत्तिबाट मानिस अव माथि उठ्नुपर्छ ।”

मुस्ताङको स्याऊ फालेर काश्मिरी स्याउ खोज्ने प्रवृत्ति अब अन्त्य गर्दै फलफूलमा पनि आत्मानिर्भर हुनुपर्नेमा जोड दिँदै उहाँले सडकको दायाँबायाँ पनि फलफूलका बिरुवा रोप्न सकिने बताउनुभयो । कार्यक्रममा सांसद एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले अवका तीन वर्षमा भक्तपुरमा सडक निर्माण, ढल र खानेपानीका सबै समस्या समाधान हुने बताउनुभयो ।

उहाँले भक्तपुर रचनात्मक र सिर्जनशील रुपमा अगाडि बढेको चर्चा गर्दै राज्यको लगानीबिना नै शुरु भएको हनुमन्ते सफाइ अभियान, राजमार्ग सफाइ अभियान, हरियाली प्रवद्र्धन अभियान, सुरक्षित सडक अभियान, उज्यालो भक्तपुर अभियान सञ्चालन हुने जानकारी गराउनुभयो ।

कार्यक्रममा प्रदेश सभा सदस्य शशीजङ्ग बस्नेत, सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेत, वडा नं– २ बालकोटका वडाध्यक्ष कमलनाथ आचार्य, अभियन्ता चन्द्रकृष्ण श्रेष्ठ, सिमा।कन समितिका संयोजक रवि राणा लगायतले हरियाली प्रवद्र्धन अभियान नमूनाको अभियान भएको बताउनुभयो । पहिलो चरणमा बालकोट चोकसम्म र दोस्रो चरणमा सिरुटार हुँदै बिरुवासम्म पेन्सिल धूपी रोप्ने अभियान सञ्चालन हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

फिर्ता भएको अध्यादेश पुनः अघि बढाउने सरकारको निर्णय, संवैधानिक बहस चर्कियो

संविधान संशोधन बहस सघन, न्यायपालिका सुधारबारे विज्ञहरूबीच मतभेद

सम्बन्धित

अध्यादेशबाट राज्य संचालन गलत ः जसपा नेपाल , अध्यक्ष, यादव, भिडियो

क्लासिक टेकको इन्टरनेट टिभी “अफर १ वर्ष जोड्नुस, ४ वर्ष हेर्नुस्“ अफर सार्वजनिक

ऐन महरविरुद्ध रश्मिला धामीको रिट खारेज, मुद्दा नचलाउने सरकारी वकीलको निर्णय सदर

४० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

आज र भोलि कोशी र गण्डकीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना, तराई क्षेत्रमा गर्मी घट्ने अनुमान

आईपीएल क्रिकेटमा गुजरातले चेन्नईलाई हरायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com