ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दाङमा राहदानी लिनेको संख्या घट्दै (भिडियोसहित)


एबीसी न्यूज
श्रावण २५, २०७६ शनिबार  १ : ११ बजे

दाङ,  २५ साउन  । दाङमा गएको आर्थिक बर्षमा साढे १० हजार भन्दा बढिले राहदानी अर्थात पासपोर्ट लिएका छन । जिल्ला प्रशाासन कार्यालय , ईलाका प्रशासन कार्यालय तुलसीपुर र लमहीबाट गरी १० हजार ७१९ जनाले राहदानी लिएको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ ।

कार्यालयवाट र द्रुत सेवाबाट गरी राहदानी लिएको जिल्ला प्रशासन कार्यालय दाङका सहायक प्रमुख जिल्ला अधिकारी तथा सुचना अधिकारी गञ्ज बहादुर विष्टले जानकारी दिए । कार्यालयबाट मात्र ७ हजार ४८३ जनाले लिएका र दु्रत सेवा मार्फत विभागबाट ३ हजार २३९ जनाले राहदानी लिएको उनले बताए । ति मध्य ७ हजार २४७ वितरण गरि सकेको र ४ सय १६ वितरण गर्न बाँकी रहेको सुचना अधिकारी विष्टले जानकारी दिए ।

त्यसैगरी आर्थिक बर्ष २०७४/७५ मा कार्यालयवाट र दु्रत सेवा मार्फत ११ हजार २९० जनाले राहदानी लिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । त्यसैगरी जिल्ला प्रशासन कार्यालयबाट मात्र २ हजार ७८१ जनाले लिएका र दु्रत सेवा मार्फत १२ सय ९४ जनाले लिएका छन् । त्यसैगरी राहदानी शुल्क दस्तुर वापत १ करोड ४७ लाख १३ हजार रुपैयाँ राजश्व संकलन भएको उनले बताए । यता ईलाका प्रशासन कार्यालय तुलसीपुरबाट गएको आर्थिक बर्षमा ३३ सय ८८ जनाले र दु्रत सेवा मार्फत १४ सय ४७ जनाले राहदानी लिएको कार्यालयले जनाएको छ ।

३ हजार ६ सय २० पुरुष र १ हजार २ सय १५ महिलाले राहदानी लिएको कार्यालयका शाखा अधिकृत श्रीधर टण्डनले बताए । यो बर्षमा राहदानी लिनेको संख्या भने घट्दै गएको छ । त्यसैगरी पहिलेको तुलनामा भन्दा अहिले राहदानी छिटो पाईने पनि उनले जानकारी दिए । यसैगरी ईलाका प्रशासन कार्यालय लमहीबाट गउको आर्थिक बर्ष २०७५÷७६ मा कार्यालयबाट र दु्रत सेवा मार्फतबाट गरी १८ सय १२ जनाले राहदानी लिएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

फिर्ता भएको अध्यादेश पुनः अघि बढाउने सरकारको निर्णय, संवैधानिक बहस चर्कियो

संविधान संशोधन बहस सघन, न्यायपालिका सुधारबारे विज्ञहरूबीच मतभेद

सम्बन्धित

अध्यादेशबाट राज्य संचालन गलत ः जसपा नेपाल , अध्यक्ष, यादव, भिडियो

क्लासिक टेकको इन्टरनेट टिभी “अफर १ वर्ष जोड्नुस, ४ वर्ष हेर्नुस्“ अफर सार्वजनिक

ऐन महरविरुद्ध रश्मिला धामीको रिट खारेज, मुद्दा नचलाउने सरकारी वकीलको निर्णय सदर

४० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

आज र भोलि कोशी र गण्डकीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना, तराई क्षेत्रमा गर्मी घट्ने अनुमान

आईपीएल क्रिकेटमा गुजरातले चेन्नईलाई हरायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com