ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ७, २०८३ आईतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खानेपानी मन्त्रीको टोली कञ्चनपुरमा विकास निर्माणका कामहरु अघि बढाउन माग गर्दै भेटघाटमा


एबीसी न्यूज
श्रावण २०, २०७६ सोमबार   ५ : ०१   बजे

काठमाडौं । कञ्चनपुर जिल्ला निर्वाचन क्षेत्र नं. १ को विकास निर्माणका आयोजनाहरुलाई तीव्रता दिन माग गर्दै खानेपानी मन्त्री बिना मगरको नेतृत्वमा गएको स्थानीय जनप्रतिनिधिहरु सहितको टोलीले विभिन्न केन्द्रीय मन्त्रीहरुसँग सोमबार छलफल गरेको छ ।

खानेपानी मन्त्री मगरको नेतृत्वमा प्रदेश साँसद तारा लामा, जिल्ला समन्वय समिति कञ्चनपुरका सभापति फैरु तामाङ र पुनर्वास नगरपालिकाका नगर प्रमुख (मेयर) जीवन थापा लगायतको टोलीले सोमबार उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित र सहरी विकास मन्त्री मोहम्मद ईस्तियाक राईसँग भेटघाट गरी कञ्चनपुर जिल्ला निर्वाचन क्षेत्र नं. १ को विकास आयोजनाका कामहरुलाई तीव्रता दिन माग गरेको हो ।

टोलीले स्वास्थ्य मन्त्री यादवसँगको भेटमा पुनर्वास नगरपालिका वडा नं. ५ मा अवस्थित त्रिभुवन राष्ट्रिय हेल्थ पोष्टलाई २५ शैय्या सम्मको अस्पताल बनाउन माग गरेको छ । उक्त क्षेत्रमा कुनैपनि अस्पताल नभएको र मान्छेहरु बिरामी पर्दा कि त भारत, कि त धनगढी जानु पर्ने भएकाले अस्पताल चाहिएको पुनर्वास नगरपालिकाका मेयर जीवन थापाले बताउनुभयो ।

त्यस्तै टोलीले तराई मधेश समृद्धि कार्यक्रम अन्तर्गत नेपाल भारतको सीमादेखि सिम्रीसम्म ५ किलोमिटर र डोकेबजारदेखि दोंदा नदीसम्म ३ किलोमिटर सडक पिच गर्ने कार्यलाई तीव्रता दिन संघीय मामिला मन्त्री पण्डितसँग माग गरेको छ ।

त्यसैगरी सहरी विकास मन्त्रालय अन्तर्गत विनियोजन भएको ६० करोड बजेट मध्ये परासन गाउँदेखि भानुबस्ती, सिम्री हुँदै दशरथबस्ती सम्म करिब ९ किलोमिटर बाटो पिच गर्न टोलीले सहरी विकास मन्त्रीसँग माग गरेको छ । उक्त बाटो पिच गर्नका लागि ३० करोड लाग्ने अनुमान गरिएको मेयर थापाले जानकारी दिनुभयो ।

पुनर्वास नगरपालिका भित्रै पर्ने कोटिहोम धार्मिक पर्यटकीय स्थल निर्माण गर्नका लागि समेत आफूहरुले सहरी विकास मन्त्रीको ध्यानाकर्षण गराएको मेयर थापाले बताउनुभयो । नजिकै बन्दा ताल र १२ बिघा जग्गा रहेकाले उक्त क्षेत्र धार्मिक पर्यटकीय दृष्टिले महत्वपूर्ण हुने मेयर थापाको भनाई छ । यो आयोजनाका लागि ३० करोड बजेट छुट्याइएको छ ।

कञ्चनपुरको पुनर्वास नगरपालिका क्षेत्रमा चक्रपथ बनाउने सरकारको योजना छ । चक्रपथ बनाउनका लागि अहिले विनियोजन गरिएको बजेट अपुग हुने भएकाले बजेट थप्न माग गरिएको मेयर थापाले जानकारी दिनुभयो । त्यस्तै आईबिआरडी बजारदेखि प्रतिभा नगर बजारसम्म करिब डेढ किलोमिटर बाटो पिच गर्न छुट्याइएको रकम कम हुने भएकाले बजेट थपेर काम अगाडि बढाउन सहरी विकास मन्त्रीसँग माग राखिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको प्रथम महाधिवेशनमा शीर्ष नेताहरूको जमघट, ओली–प्रचण्ड अनुपस्थित, गगन थापा सहभागी हुने

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

सम्बन्धित

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

कीर्तिपुर ‘होल्डिङ सेन्टर’: आश्रित सुकुमवासीहरू हातमा थाल लिएर सडकमा उत्रे

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group