ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

साल्ट ट्रेडिङ र कृषि सामाग्री कम्पनीको चरम लापरवाहीका कारण किसान मल पाउनबाट बन्चित (भिडियोसहित)


एबीसी न्यूज
श्रावण १९, २०७६ आईतबार  ३ : ३५ बजे

जनकपुर , १९ साउन ।  प्रदेश २ को अस्थाई राजधानी जनकपुर वरिपरिका किसानले गुणस्तरीय मल पाउन सकेका छैन, साल्ट ट्रेडिङ र कृषि सामाग्री कम्पनीको चरम लापरवाहीका कारण किसान मल पाउनबाट बन्चित भएका हुन् ।

धनुषा र महोत्तरीमा वर्षेनी ७१ हजार हेक्टर जग्गामा खेती ह“ुदै आएपनि गुणस्तरीय मल नपाएपछि यहा“का किसानहरु समस्यामा परेका हुन । खेतीका लागि डिएपी, युरिया, पोटास लगायत ६५ हजार मेट्रिकटनभन्दा बढी मलखाद्यको माग रहेपनि कृषि सामग्री कम्पनी लगायतका सरोकारवालाहरुले अहिलेसम्म सहज रुपमा २० प्रतिशत पनि उपलब्ध गराउन सकेको छैन । २१ सयमा पाईने मलअहिले गोदामवालाहरुले २९ सय सम्ममा ब्ल्याकमा बेच्ने गरेका छन् । वडा वडामा मल उपलब्ध गराउने भनिएको प्रक्रिया नै गलत रहेको गुनासो गर्छन् स्थानीय किसान । सिंचाईको अभाव झेलिरहेको समयमा मल अभावले झन पीडा थपेको छ किसानको । डिलरवालाहरुस“ग मलखाद्य उपलब्ध रहेपनि आफुहरुलाई नदिएर उल्टै ब्ल्याकमा बेच्ने गरेको किसानको दुखेसो छ ।

धनुषामा मलखाद्यको आपूर्ति कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले गराउ“दै आएको छ । तर, आपूर्तीको ७० प्रतिशत जिम्मा कृषि सामग्री कम्पनीको र ३० प्रतिशत साल्ट ट्रेडिङ्गको रहेपनि कसैस“ग मल भण्डार नभएको बताइएको छ । कृषि सामग्रीकम्पनीसग हजार बाह सय बोरा मात्रमल रहेकोले त्यो वितरण गर्न ठुलै संकट भएको बताइएको छ । अहिले कृषि सामग्री कम्पनीले ५ बोराका दरले डिलरहरुस“ग मात्रै मल बिक्रिगर्नसक्ने आधार रहेको समेत बताएको छ । ढुवानी र खरिद प्रक्रिया समेत अवरुद्ध रहेकोले यो समस्या समाधान भएपछि साउन २५ गतेदेखि मलखाद्य सहज रुपमा उपलब्धहुन सक्ने कृषि ज्ञान केन्द्र धनुषाका प्रमुख शंकरप्रसाद साहले बताए ।

यता सहकारीहरुले सहुलियत दरमा किसानहरुलाई उपलब्ध गराउन सामग्रीबाट लगेको मलमा समेत कालोबजारी हुने गरेको छ । मलको सिजनमा मलमा भएका बदमासीले किसान मर्कामा परेका छन् । यसर्थ सरकारले सहजरुपमा मल पाउने वातावरण बनाउन पहल गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

७ दिनभित्र सूचना खारेजको माग गर्दै पोखरामा सुकुम्वासीको प्रदर्शन

‘सार्वभौम सीमा रक्षाका लागि अविलम्ब कूटनीतिक पहल गर’– पूर्वराजदूत

सम्बन्धित

विद्यार्थी संघ–संगठन खारेज गर्ने निर्णयविरुद्ध कारण देखाऊ आदेश

शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

प्रधानमन्त्री शाहको झुटो दाबीमाथि पूर्वअधिकारीको ‘काउन्टर’

सरकारले फेरि भन्यो– लिपुलेक पास हुँदै कैलाश मानसरोवर जाने बाटोमा पर्ने भू–भाग हाम्रै हो

फिर्ता भएको अध्यादेश पुनः अघि बढाउने सरकारको निर्णय, संवैधानिक बहस चर्कियो

संविधान संशोधन बहस सघन, न्यायपालिका सुधारबारे विज्ञहरूबीच मतभेद

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com