
दोलखा , १८ साउन । वर्ष सँगै आएको पहिरोले दोलखामा तीन जना बेपत्ता भएका छन् । जिल्लाको गौरीशंकर गाउँपालिका वडा न. १ मा गए रातीको पहिरोमा परी तीन जना बेपत्ता भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय दोलखाका डिएपी मानबहादुर राईका अनुसार तीन जना बेपत्ता भएको अनुमान गरीएको छ । यथपी बेपत्ता हुनेमा दुई जनाको मात्र नाम थर खुलेको छ ।
वडा नं. २ का अन्दाजी १८ वर्षिय निशान खड्का र करिब ५५ वर्षिय जित खत्री रहेका छन् भने एक जनाको नाम,थर खुलेको छैन । बेपत्ताको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । स्थानीय जुगू खोलामा फसेको बस र त्यसमा सवार १० जना यात्रीहरुको उद्धार गर्ने क्रममा माथिबाट पहिरो खस्दा उनीहरु बेपत्ता भएका हुन् । सोही पहिरोमा परी केही सामान्य घाइते समेत बनेको दोलखा प्रहरीले बताएको छ । यात्रु र बसको भने गए राती नै उद्धार गरीएको छ ।
बेपत्ताहरुको खोजीका लागि इलाका प्रहरी कार्यालय, जिरी, इलाका प्रहरी कार्यालय मैनापोखरी लगायतबाट पनि थप प्रहरीको टोली घटना स्थाल तर्थ जाँदै छ भने नेपाली सेनाको टोली र सिडियो सहितको टोली सदरमुकाम चरीकोटबाट घटना स्थल तर्फ जान लागेको डिएपी राईले जानकारी दिएका छन् ।









प्रतिक्रिया दिनुहोस्