नयाँ दिल्ली, १५ साउन । ट्रेनमा हिरा चोरी गरेको आरोपमा महिला पाकेटमारको गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।
करोलबागदेखि बारखम्बा मेट्रो स्टेशन तर्फ जाने ट्रेनमा हिरा चोरी भएको थियो । नयाँ दिल्ली पुलिसले सात जना महिला पाकेटमारलाई पक्राउ गरेको जनाएको छ । ती महिलाहरुबाट ६० लाख भारु बराबरको चोरीको हिरा बरामद गरिएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्