ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाढी पीडितलाई पुनः स्थापना गर्न मुख्यमन्त्री राउतको जोड


एबीसी न्यूज

काठमाडौँ, १४ साउन । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले हालै आएको बाढीेले तराई क्षेत्रमा अर्बौं रुपैयाँ बराबरको पूर्वधारका साथै बालीनालीको पनि क्षति भएकाले त्यसलाई पहिलेकै स्थितिमा पु¥याउन प्रदेश तथा स्थानीय सरकारको क्षमता बाहिर भएकाले केन्द्रीय सरकारले पनि सहयोग गर्नु पर्नेमा जोड दिनुभएको छ ।

उहाँले प्रदेश नं २ लाई बाढी पीडित विशेष क्षेत्र घोषणा गरी राहत प्याकेज घोषणा गर्न केन्द्र सरकारसँग माग गर्नुभयो ।   मुख्य मन्त्री राउतले गत असार २७ गतेको बाढीले त्यहाँको आठ जिल्लामा ठूलो क्षति पु¥याएकाले भोलिपल्टै प्रादेशिक मन्त्रिमण्डलको बैठक बसी पीडित जनतालाई राहत दिने निर्णय गरिएको जानकारी दिनुभयो ।केन्द्रसरकार तथा प्रदेशको संयुक्त पहल आवश्यक भएको महसुस गरी आफूले प्रधानमन्त्री केपी शर्मा ओली, भौतिक तथा पूर्वाधारमन्त्री रघुवीर महासेठ, र ऊर्जामन्त्री वर्षमान पुनसँग भेटी बाढी पीडितको उद्धार तथा पुनःस्थापनाका लागि सहयोग गर्न आग्रह गरेकामा उहाँहरुबाट सकारात्मक आश्वासन पाएको उहाँले बताउनुभयो ।

मुख्यमन्त्री राउतले बाढीले धेरै क्षति पु¥याएको रौटहत, सप्तरी, सर्लाही, सिराहा तथा महोत्तरीको भ्रमण गरी तत्कालै प्रदेश सरकारको क्षमताले भ्याएसम्म पीडितलाई राहत सहयोग गरिएको जानकारी पनि दिनुभयो । लालबकैया, वाग्मती तथा रातुनदीको तटबन्ध मर्मत नहुनु र चुरे दोहनले त्यहाँका जनताले वर्षेनी बाढीको मार व्यहोर्नु परिरहेको बताउँदै उहाँले आफूले यसबारे पटकपटक ध्यानाकर्षण गर्दा पनि केन्द्र सरकारले चासो नदिएको गुनासो गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com