काठमाडौं, १४ साउन । ब्राजिलको पारा राज्यस्थित अल्टामीरा कारागारमा हिंसा भड्किंदा कम्तिमा ५२ जना कैदी बन्दीको मृत्यु भएको छ ।
कैदी बन्दीका दुई विरोधी समुहबीच हिंसा भड्किंदा मारिनेमा १६ जनाको टाउको काटिएको अधिकारीहरुले जनाएका छन् । कारागारको एउटा भागमा रहेका कैदी बन्दी र अर्को भागमा रहेका उनीहरुका विरोधी कैन्दी बन्दीबीच संघर्ष भएको बताइएको छ । हिंसा भड्किएपछि भएको आगलागीका कारण पनि केहीको मृत्यु भएको छ ।
बिहानबाट शुरु भएको हिंसा करिब ५ घण्टासम्म चलेको थियो । कैदी बन्दीले कारागारका दुई अधिकारीलाई पनि बन्धक बनाएका थिए । पछि उनीहरुलाई छोडिएको छ । २ सय जनाको क्षमता रहेको उक्त कारागारमा ३ सय भन्दा बढी कैदी बन्दी राखिएको थियो ।
प्रतिक्रिया दिनुहोस्