ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाढी तथा डुबानको समस्या समाधानका लागि एकीकृत कार्ययोजना लागू गर्ने– सिँचाइमन्त्री पुन


एबीसी न्यूज

काठमाडौँ, १३ साउन  । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले तराई – मधेसको बाढी र डुबानको समस्या समाधानका लागि ठोस् नीतिसहित स्पष्ट कार्ययोजना बनाएर लागू गर्ने बताउनुभएको छ ।

प्रदेश नं– २ का मुख्यमन्त्री लालबाबु राउतलगायतसँग आज मन्त्रालयमा भएको छलफलमा मन्त्री पुनले तराई–मधेशको समस्या समाधानका लागि केन्द्र सरकारले विशेष चासो दिएको भन्दै एकीकृत कार्ययोजना जरुरी रहेको बताउनुभएको हो । मन्त्री पुनले तराई–मधेश डुबानको दीर्घकालीन समाधानका लागि ठोस् कार्ययोजना आवश्यक भएकाले सोहीअनुसार केन्द्र र प्रदेश सरकार एकाकार भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले बाढी र डुबान समस्यालगायत प्राकृतिक प्रकोपविरुद्ध केन्द्र सरकार र प्रदेश मिलेर अघि बढ्नुपर्ने धारणा राख्नुभयो । मन्त्री पुनले प्रदेश नं २ बाढी डुबानबाट सबैभन्दा बढी प्रभावित भएको भन्दै स्थानीय जनतासँगको सहकार्यमा दुवै सरकारले काम गर्नुपर्ने बताउनुभयो । “डुबानको जरो कुरा पत्ता लगाउन एकीकृत योजना बनाएरै अघि बढौँ, दुवै सरकारबीच समन्वय गरेर एकीकृत योजना बनाए मात्र दीर्घकालीन समस्या समाधान हुन्छ । नभए राज्यले हरेक वर्ष लगानी गरेर फाइदा हुदैन”, मन्त्री पुनले भन्नुभयो ।

उहाँले तत्कालीन समाधानले राज्यको अर्बौ पैसा खेर गएको भन्दै समस्या समाधानका लागि एकीकृत योजना बनाउनुको विकल्प नभएको बताउनुभयो । प्रदेशका भौतिक पूर्वाधारमन्त्री जीतेन्द्र सोनलसहित मन्त्रालय पुग्नुभएका मुख्यमन्त्री राउतले तराई–मधेशमा भइरहेको बाढी डुबानको विषयमा मन्त्री पुनसँग छलफल गर्नुभएको हो ।

मुख्यमन्त्री राउतले मधेशमा हुने बाढी र डुबानको समस्याको दीर्घकालीन समाधान नखोजे अवस्था भयावह हुने बताउनुभयो । उहाँंले टालटुले समाधानले समस्याको हल नभएको भन्दै केन्द्र सरकारले दीर्घकालीन योजना बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले केन्द्र सरकारको ध्यान ठूला नदी व्यवस्थापनामा मात्र गएको भन्दै मधेशमा रहेका साना नदीले पनि क्षति पु¥याउने गरेको जानकारी दिनुभयो ।

उहाँले ऊर्जामन्त्री पुनसँग मधेशमा बाढी र डुबानका कारण अर्बौको क्षति भएको भन्दै आगामी दिनमा समस्याको समाधानका लागि दीर्घकालीन योजना बनाइदिन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “हालसम्म टालटुलमर्मत गर्ने काम मात्र भयो, यसले हाम्रो समस्या समाधान भएन, ब्यापक रुपमा तटबन्ध निर्माण गर्नुपर्छ, दीर्घकालीन समाधान नखोज्ने हो भने समग्र भूभाग नै खतरामा पर्ने सम्भावना छ ।”

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com