ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

झलनाथ खनाल र सत्यमोहन जोशीद्वारा ‘मान्नमी’ विमोचन


एबीसी न्यूज
श्रावण १२, २०७६ आईतबार  १० : ३१ बजे


काठमाडौं १२ साउन ।  कर्णाली प्रदेशको विकाससम्बन्धी विशेषाङ्क रूपान्तरण नेपालको अर्धवार्षिक जर्नल ‘मान्नमी’ विमोचन गरिएको छ । कर्णाली प्रदेशको विकाससम्बन्धी विभिन्न खोजमूलक सामग्री समेटिएको जर्नलको शनिवार काठमाडौंमा पूर्व प्रधानमन्त्री झलनाथ खनाल र वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशीले विमोचन गर्नु भएको हो ।

कार्यक्रमका प्रमुख अतिथी पूर्व प्रधानमन्त्री भलनाथ खनालले ‘मान्नमी’ कर्णाली प्रदेश र त्यस क्षेत्रका जनप्रतिनिधिहरूका लागि पठनिय र सङ्ग्रहणिय दस्तावेज बनेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘कर्णालीको उदय देखीको इतिहास, भूगोल, संस्कृति, विकासका पाटाहरू, वर्तमान अवस्था र सम्भाव्यताहरू समेटिएको ‘मान्नमी’ले कर्णाली मात्र होइन समग्र देश बोकेको छ ।’ समाजवाद उन्मुख नयाँ संविधानले परिवर्तनका सम्पूर्ण ढोकाहरू खोलिदिएको भन्दै पूर्व प्रधानमन्त्री खनालले समानुपापतिक अधिकार र विकासले कर्णालीलाई समटेको धारणा राख्नुभयो । उहाँले प्रदेश सरकार र स्थानीय जनप्रतिनिधिले जिम्मेवार भएर आफ्नो भूमिका निर्वाह गर्न सके प्राकृतिक स्रोत साधनले भरिपूर्ण हिजोको समृद्ध कर्णाली फेरी पनि समृद्ध हुनेमा दुइमत नरहेको बताउनु भयो ।

वरिष्ठ संस्कृतिविद् वाङ्मय शताव्दी पुरुष सत्यमोहन जोशीले २०२७ सालमा ५ जना विज्ञको टोलिसहित नेपाली भाषाको उद्गम स्थल जुम्लाको सिंजा खोला पुगेको स्मरण गर्दै त्यहाँको भूगोल, अर्थतन्त्र, भाषा, इतिहास, लोक संस्कृति समेटेर ५ वटा पुस्तक प्रकाशन गरिएको बताउनु भयो । देशलाई मेचिदेखी महाकाली जोडेर एकढिक्का बनाउन संस्कृति र इतिहास अध्ययन अनुसन्धान जरुरी रहेको सन्दर्भमा एउटा संग्रहणिय र पठनिय जर्नल ‘मान्नमी’को प्रकाशन भएकोमा खुशी व्यक्त गर्नुभयो ।

पूर्व गृहमन्त्री जनार्दन शर्माले ‘मान्नमी’का सबै रचनाहरू पढ्दा जनप्रतिनिधिलाई कर्णाली विकासको मार्गचित्र तयार गर्न आवश्यक दस्तावेज तयार भएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘मैले कर्णालीलाई सुनको डल्लो हो भन्ने गरेको छु । त्यसलाई गहना बनाउने कालिगड हामी नेतृत्व पङ्ति जिम्मेवार र गम्भिर भएर लाग्ने हो भने अवको दश वर्षमा कर्णालीलाई मलुककै सबैभन्दा धनी प्रदेश बनाउन सम्भव छ ।’
पूर्व सँस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री जीवनबहादुर शाहीले अझै पनि कर्णालीको मूख्य समस्या बाटोको पहुँच नै भएको दावी गर्नुभयो । उहाँले बाटोघाटोको सहज पहँुच र विद्युतको आपुर्ती गर्न सकेको खण्डमा कर्णालीको विकासले गति लिने बताउनु भयो । पूर्व मन्त्री शाहीले कर्णालीको विकास भयो भने मुलुककै विकास हुन्छ भन्ने सोच राखी संघ, प्रदेश र स्थानीय सरकारले योजनावद्ध रूपमा कार्य गर्नु पर्नेमा जोड दिनुभयो ।

जर्नलको समालोचना गर्दै राष्ट्रिय समाचार समितिका अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’ले गैह्र सरकारी संस्थाहरू धेरै फेशनवल भएको र व्यवहारमा उनीहरूको योगदान शुन्यप्राय रहेको अवस्थामा रूपान्तरण नेपालले अनुकरणिय कार्य गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मान्नमी पुस्तकालयमा राख्नु पर्ने मात्र होइन कर्णालीका जन प्रतिनिधिहरूले विकासका योजना बनाउँदा अगाडि राखेर मनन गर्नुपर्ने दस्तावेज बनेको छ ।’

जर्नलको समालोचना गर्दै प्रा. डा. नन्द बहादुर सिंहले सग्रहित अधिकांश सामग्री स्पष्ट भएपनि कतिपय लेखक पाठकलाई बुझाउने सवालमा चुक्नु भएको धारणा राख्नुभयो । कर्णालीको इतिहासलाई जोड्दै प्राध्यापक सिंहले भन्नुभयो, ‘प्राचिन कालमा जुम्लाको अकाल सहर देशकै सबैभन्दा ठुलो सहर थियो भने दैलखको दुल्लु दोस्रो ठुलो सहर थियो । त्यस्तो समृद्धशाली कर्णाली कसरी भताभुङ्ग भयो ? यसको गम्भिर अध्ययनको सुरुवात ‘मान्नमी’ले गरेको छ ।’

रूपान्तरण नेपालका अध्यक्ष एवम् ‘मान्नमी’का सम्पादक मोहन शाहीले कर्णाली प्रदेशलाई नजिकबाट बुझ्न चाहने जोकसैका लागि ‘मान्नमी’ गतिलो सन्दर्भ सामग्री बन्ने आशा व्यक्त गर्नुभयो । ‘साङ्लोको शक्ति त्यसमा रहेको सबैभन्दा कमजोर कडीले निर्धारण गर्दछ र चुडाई त्यहिँबाट सुरु हुन्छ’ भन्ने वरिष्ठ योजनाविद् डा. हर्क गुरुङको भनाई सम्झँदै सम्पादक शाहीले प्राकृतिक स्रोत साधनले धनी भएर पनि विकासका सुचकमा सबैभन्दा पछाडी परेको कर्णालीबारे राज्य र सरोकारवालाको ध्यानाकर्षण गर्न कर्णाली प्रदेशको विकाससम्बन्धी विशेषाङ्कका रूपमा ‘मान्नमी’ प्रकाशन गरिएको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेस कार्यसम्पादन समिति बैठकका ७ बुँदे निर्णय सार्वजनिक (पूर्णपाठ)

७ दिनभित्र सूचना खारेजको माग गर्दै पोखरामा सुकुम्वासीको प्रदर्शन

सम्बन्धित

विद्यार्थी संघ–संगठन खारेज गर्ने निर्णयविरुद्ध कारण देखाऊ आदेश

शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

प्रधानमन्त्री शाहको झुटो दाबीमाथि पूर्वअधिकारीको ‘काउन्टर’

सरकारले फेरि भन्यो– लिपुलेक पास हुँदै कैलाश मानसरोवर जाने बाटोमा पर्ने भू–भाग हाम्रै हो

फिर्ता भएको अध्यादेश पुनः अघि बढाउने सरकारको निर्णय, संवैधानिक बहस चर्कियो

संविधान संशोधन बहस सघन, न्यायपालिका सुधारबारे विज्ञहरूबीच मतभेद

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com