ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दण्ड नगर्ने पदाधिकारीलाई दण्डित गर्ने व्यवस्था गरौँ– मन्त्री पण्डित


एबीसी न्यूज
श्रावण १०, २०७६ शुक्रबार  ६ : २९ बजे

काठमाडौं, १० साउन । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारीलाई अनुशासित र जिम्मेवार बनाउने हेतुले ल्याउन लागिएको कानूनलाई युग सुहाउँदो तुल्याउने ढङ्गबाट सुझाव दिन आग्रह गर्नुभएको छ ।

प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिले सङ्घीय निजामती ऐनको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफलमा सदस्यले उठाउनुभएको जिज्ञासामा उहाँले अनुशासनमा देखिएको कमीलाई दोहोरिन नदिन कडाइका साथ अघि जाने गरी कानून निर्माण गर्नुपर्ने आवश्यकता औँल्याउँनुभयो ।

मन्त्री पण्डितले भन्नुभयो, “जहाँ जे गलत भएको छ, त्यसमाथि जसलाई जे कारवाही गर्न जिम्मेवारी दिएको छ, कारवाही समयमा नगरिदिएको स्थिति छ, अन्याय हुने गरी दण्ड कसैले नपाउन्, दण्ड दिने पदाधिकारीको दण्डमाथि पनि पुनरावलोकनको व्यवस्थापन ऐनमा गरौँ, दण्ड गर्नुपर्ने तर दण्ड नगर्ने पदाधिकारीलाई पनि दण्डित हुने व्यवस्था गरौँ ।”

समयमा दण्डित गरेनन् र दण्डित गर्ने व्यक्तिलाई छुट दिइरहने स्थिति हुँदा जो दण्डित हुनुपर्ने हो ऊ झनै प्रोत्साहित भइरहेको स्थिति हुन सक्छ भन्दै मन्त्री पण्डितले कानूनी रुपमै यससम्बन्धी व्यवस्था गरौँ भन्ने मन्त्रालयको सोच रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ऐनलाई चुस्त र कर्मचारीलाई अनुशासित बनाउने तथा अनुशासन तोड्नेलाई निरुत्साहित तुल्याउने, बेलामा सजाय नगर्नेलाई पनि दण्डित गर्ने विषय कानूनमै व्यवस्था गरेर गइयो भने प्रशासनमा व्यापक सुधार ल्याउन सकिन्छ भन्ने विश्वास गरिएको हुँदा ऐन बनाउँदा यो पाटोमा हेरिदिन आग्रह गर्छु ।

यसअघि बैठकमा सांसदले राष्ट्रसेवक कर्मचारीको कार्यमूल्याङ्कनका आधारमा पदोन्नति हुने तथा जनताको काममा अनुचित ढङ्गबाट ढिला सुस्ती गर्नेलाई तत्कालै कारवाहीको दायरामा ल्याउने गरी कानून बनाउनु पर्छ भन्नुभयो ।

दुर्गम क्षेत्रमा गएर न्यूनतम अवधि काम नगर्ने कर्मचारीको पदोन्नति गर्न नमिल्ने व्यवस्थालाई कानूनले नै कडाइ गर्न सकिएमा मात्र दूरदराजका जनताको स्वास्थ्यलगायतका क्षेत्रमा पहुँच सुनिश्चित हुनसक्ने उहाँहरुको तर्क रह्यो ।

दुर्गम क्षेत्रमा काम गर्ने कर्मचारी माथिल्लो तहमा बढुवाका लागि ३ वर्षमा उम्मेदवार हुने तथा दुर्गममा नजाने १० वर्षपछि मात्र योग्य हुनसक्ने प्रावधान राख्न समितिका सदस्यबीच बैठकमा मतैक्यता भएको छ ।

समितिले सङ्घीय निजामती ऐनको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि बैठकमा भएको सैद्धान्तिक सहमतिलाई मिलाएर ल्याउन सङ्घीय मामिला तथा सामान्य प्रशान मन्त्रालयलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेस कार्यसम्पादन समिति बैठकका ७ बुँदे निर्णय सार्वजनिक (पूर्णपाठ)

७ दिनभित्र सूचना खारेजको माग गर्दै पोखरामा सुकुम्वासीको प्रदर्शन

सम्बन्धित

विद्यार्थी संघ–संगठन खारेज गर्ने निर्णयविरुद्ध कारण देखाऊ आदेश

शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

प्रधानमन्त्री शाहको झुटो दाबीमाथि पूर्वअधिकारीको ‘काउन्टर’

सरकारले फेरि भन्यो– लिपुलेक पास हुँदै कैलाश मानसरोवर जाने बाटोमा पर्ने भू–भाग हाम्रै हो

फिर्ता भएको अध्यादेश पुनः अघि बढाउने सरकारको निर्णय, संवैधानिक बहस चर्कियो

संविधान संशोधन बहस सघन, न्यायपालिका सुधारबारे विज्ञहरूबीच मतभेद

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com