ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आजबाट अपाङ्गता परिचय पत्र वितरण शुरु


एबीसी न्यूज

काठमाडौं, १० साउन । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १०२ ले दिएको अधिकार प्रयोग गरी भक्तपुर नगरपालिकाले आजदेखि नगरभित्रका अपाङ्गता भएका व्यक्तिलाई रातो र निलो रङ्गको परिचयपत्र वितरण शुरू गरेको छ ।

नगरपालिकाले आज आयोजना गरेको परिचयपत्र वितरण कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिले नगरभित्रका पूर्ण अशक्त ६० जनालाई रातो कार्ड र अतिअशक्त १४५ जनालाई निलो कार्ड गरी २०५ जनालाई परिचयपत्र वितरण गर्नुभयो ।

मध्यम खालको अपाङ्गता भएकालाई पहेँलो र सामान्य अपाङ्गता भएकालाई सेतो परिचयपत्र वडा कार्यालयबाटै वितरण गरिने भएको छ ।

उहाँले नगरपालिकाले अपाङ्गता भएका व्यक्तिलाई पनि प्राथमिकतामा राखी समान ढङ्गले हेर्दै आएको बताउनुभयो । उहाँले नगरपालिकाभित्रका सरकारी सङ्घ–संस्था, पोखरी र पार्कलाई अपाङ्गमैत्री बनाउने उद्देश्यले काम भइरहेको जानकारी गराउनुभयो ।

नगर उपप्रमुख एवं अपाङ्गता परिचयपत्र वितरणसम्बन्धी अस्थायी समन्वय समितिका संयोजक रजनी जोशीले नगरपालिकाले अपाङ्गता भएका व्यक्तिको वृत्तिविकासका लागि रु १५ लाख बजेट विनियोजन गरेको बताउनुभयो ।

नगरपालिकाले अपाङ्गता भएका व्यक्तिका लागि निःशुल्क स्वास्थ्य जाँच, आर्थिक सहुलियत, आवश्यक सहायक सामग्रीका लागि बजेट व्यवस्थापन तथा ब्रेल लिपी पाठ्यपुस्तक उपलब्धता, घुम्ती शिविर सञ्चालनलगायतका कार्य गर्दै आएको बताउनुभयो ।

उहाँले शारीरिक रुपमा अशक्त व्यक्तिका लागि नेपाल सरकारले अपुग बजेट छु्याएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com