ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिटी सफारीका कारण ट्राफिक व्यवस्थापनमा समस्या


एबीसी न्यूज

 

विराटनगर,१० साउन । विराटनगरमा सिटी सफारीको सङ्ख्या अत्यधिक वृद्धिले ट्राफिक व्यवस्थापनमा समस्या उत्पन्न भएको छ ।

सिटी सफारीका कारण विराटनगर नगर क्षेत्रमा दैनिक ट्राफिक समस्या उत्पन्न भई दुर्घटना हुने गरेको छ । सवारी चालक अनुमति बिना सञ्चालन गर्ने सफारीले नगर क्षेत्रको ट्राफिक जामको समस्या सबै क्षेत्रमा उत्पन्न गरेको स्थानीयवासीको आरोप छ ।

विराटनगर महानगरपालिकामा दर्ता भएको सफारीको सङ्ख्या एक हजार ७०० रहेको भए पनि विराटनगरमा चार हजार २०० सफारी सडकमा गुड्ने गरेको जिल्ला ट्राफिक कार्यालय मोरङका प्रहरी निरीक्षक शिवकुमार पोखरेल जानकारी दिनुभयो ।

मोरङ जिल्ला अन्य ठाउँहरुमा दर्ता भएको सिटी सफारीसमेत राम्रो आम्दानी हुने गरेकाले यही आएर सञ्चालन गर्ने गरेको उहाँले बताउनुभयो । मोरङ जिल्लामा गत आर्थिक वर्ष २०७५÷७६ मा सिटी सफारी दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको प्रहरी निरीक्षक पोखरेल जानकारी दिनुभयो ।

ट्राफिक प्रहरीले गत आर्थिक वर्षमा सिटी सफारीबाट मात्र रु ४५ लाख ६१ हजारको राजश्व सङ्कलन गरेको छ भने भने सवारी नियम उल्लङ्घन गरेबापत सो अवधिमा सात हजार ८८२ जनालाई कारवाहीमा गरेको थियो ।

सिटी सफारी चालक रञ्जीत साहले सफारीको आम्दानीबाट आफू सन्तुष्ट रहेको बताउँदै दिनमा रु आठ सय जति कमाई हुने र घर खर्च टार्नमा कुनै समस्या नरहेको बताउनुभयो ।

यस्तै अर्को सफारी चालक शङ्कर सहनीले मासिक किस्ताबन्दीमा सफारी खरीद गरेको र कुनै दिन रु दुई सय पनि आम्दानी नहँुदा समस्या पर्ने र वर्षाको मौसममा यात्रु कम आउने हुनाले आम्दानी कम हुने गरेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com