ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीन–नेपाल हवाई सम्झौता पुनरावलोकन, नेपाली वायुसेवा कम्पनीले चीनका १५ शहरमा उडान गर्न पाउने


एबीसी न्यूज


काठमाडौं, १० साउन । नेपाल र चीन सरकारबीच सात दिनमा ९८ उडान गर्ने पाउने गरी हवाई सम्झौता पुनरावलोकन भएको छ ।

जसमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ७० उडानको सहमति भएको छ । पोखरा र भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललगायत निर्माणाधीन थप विमानस्थलमा २८ वटा उडान गर्ने पाउने गरी सहमति भएको वार्तामा सहभागी पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपालले जानकारी दिनुभएको छ ।

यसअघि सातामा ७० वटा उडान गर्न पाउने सहमति थियो । सन् २०१४ मा भएको नेपाल–चीनबीचको हवाई सम्झौता पुनरावलोक वार्ता हिजोदेखि चीनको बेइजिङमा शुरु भएको हो । सम्झौतामा नेपाली वायुसेवा कम्पनीले चीनका १५ शहरमा उडान गर्न पाउने भएका छन् । यसअघिको सम्झौतामा सात शहरमा मात्र उडान गर्न पाउने सम्झौता थियो ।

नेपाली वायुसेवा कम्पनीले चीन उडानमा अनुमति नपाए पनि चिनियाँ ५ वटा वायुसेवा कम्पनीले नेपाल उडान गरिरहेका छन् । नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले पनि चीन उडानको तयारी गरिरहेका छन् । तर चीनले नेपाल वायुसेवा निगमलाई अनुमति दिँदा ‘सेफ्टी अडिट’ को विषय अघि सारेको छ । हिमालय एयरलाइन्सको सेफ्टी अडिट भने पास भइसकेको छ ।

वार्ताका लागि नेपालबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यको नेतृत्वमा एक टोली चीन गएको हो । टोलीलाई हवाई सम्झौता पुनरावलोकनका लागि मन्त्रिपरिषद्बाट समेत सहमति दिइएको थियो । चीनसँगको सन् २०१४ मा भएको सम्झौतामा नेपाल र चीनबीच सातामा ५६–५६ उडान गर्न सकिने उल्लेख थियो । यो सहमतिबाट बढाएर हाल सातामा ७० उडान पुर्‍याइएको थियो । अब भने यो संख्या उपत्यका बाहिर २८ समेत गरी सातामा ९८ उडान पुगेको छ ।

पछिल्लो समय मात्रै नेपाल एयरलाइन्सले चीनको गोन्जाओ उडानको तयारी गरेको थियो । तर, त्यसमा पनि चीनले नेपाल एयरलाइन्सको ‘सेफ्टी अडिट’ गर्नुपर्ने भन्दै उडानमा अनुमति दिएको छैन । सेफ्टी अडिटको प्रस्ताव गरेपछि नेपाल एयरलाइन्स पनि केही पछाडि हटेको छ । त्यसको अर्थ नेपाल एयरलाइन्सले हवाई सुरक्षामा सुधार गर्न नसकेको हो कि भने प्रश्न उब्जिएको छ।

तर, नेपाल एयरलाइन्सले हवाई सुरक्षा व्यवस्थालाई सुधार गर्दै सेफ्टी अडिटमा सहयोग गर्नुको सट्टा आफू स्वयम् कमजोर रहेको पुष्टि हुनेगरी ‘डराएर’ बसेको छ । सेफ्टी अडिटमा खुट्टा कमाउँदै आएको पूर्ण सरकारी स्वामित्वको नेपाल वायु सेवा निगमले यसकै कारण एक वर्षअघि किनेका एयरबसका ए–३३० विमानले लामो दूरीमा उडान गर्न पाएका छैनन् ।

चीनबाट धेरै विमान नेपाल आउने र उनीहरुले पर्याप्त यात्रु पनि पाउन थालेसँगै ७० उडानलाई तन्काएर सातामा १ सय उडानसम्म गर्न पाउने गरी हवाई सम्झौता पुनरावलोवनको प्रस्ताव चीनले गरेको थियो । यो सम्झौतामा चीन भने सफल भएको छ ।

पुरानो सम्झौतामा नेपालले बेइजिङ, सांघाई, ल्हासा, गोन्जाओ, कुनमिङ, छेन्दु र सियान गरी सात शहरमा उडान गर्न पाउने उल्लेख छ । अहिले चीनबाट एयर चाइना, चाइना इस्टर्न, चाइना साउदर्न, सिचुवान एयरलाइन्स र तिब्बत एयरलाइन्स नेपाल आउँछन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com