ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्मला हत्याको एक वर्ष – मुख्य घटनाक्रम, हाजिर लगाउने जागिर देखि १ घण्टा कैद र १ रुपैयाँ जरिवानाको फैसला सम्म


एबीसी न्यूज

काठमाडौ,१० साउन । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक एक वर्ष पुगेको छ्। गत वर्ष साउन १० गते साथीको घरमा गएकी निर्मला भोलिपल्ट उखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन्।

निर्मलाका निम्ति न्यायको माग गर्दै सडकमा भएका संघर्ष अहिले सेलाइसकेको छ। तर घटनाको रहस्य अझै बाहिर आउन सकेको छैन।

यो एक वर्षका मुख्य घटनाहरू

२०७५ साउन  १०– साथी रोशनी बमको घरमा गएकी निर्मला बेलुका घर नफर्केपछि आमा दुर्गादेवीद्वारा छोरीको खोजी ।

साउन ११– निर्मलाको शव भीमदत्त नगरपालिका–१९ स्थित उखुबारीमा फेला। स्थानीयद्वारा आन्दोलन। प्रहरीसँग झडप।

साउन १२– निर्मलाको शव बुझ्नेबारे सहमति । तर, पीडितका आफन्त र आन्दोलनरत स्थानीयद्वारा अमान्य।

साउन १३–  हत्याको विरोधमा प्रदर्शन जारी। आन्दोलनमा विभिन्न संघसंस्था तथा राजनीतिक पार्टीको सहभागिता।

भदौ २– काठमाडौंको माइतीघरमा महिला अधिकारका अभियन्ताद्वारा अर्धनग्न प्रदर्शन।

भदौ ४– निर्मलालाई बलात्कार गरी हत्या आरोपमा भीमदत्त नगरपालिका–१९ बस्ने दीलीपसिंह विष्ट पक्राउ। जिल्ला प्रहरी कार्यालय पत्रकार सम्मेलन गरेर सार्वजनिक।

भदौ ५– विष्ट हत्यारा नभएको भन्दै स्थानीयद्वारा जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको मुलगेटमा प्रदर्शन।

भदौ ७– गृह मन्त्रालयद्वारा कञ्चनपुरका सिडिओ कुमारबहादुर खड्का र जिल्ला प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टलाई फिर्ता। क्रमशः तीर्थ अधिकारी र एसपी कुबेर कडायतलाई जिम्मेवारी। कञ्चनपुर जिल्ला सुरक्षा समितिद्वारा भदौ ७ गते बेलुकी ५ देखि ८ गते बिहान ५ बजेसम्म कफ्र्युको घोषणा। सोही दिन कारागार व्यवस्था विभागका महानिर्देशक हरिप्रसाद मैनालीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन। आन्दोलनमा प्रहरीद्वारा गोली प्रहार। केही घाइते।

भदौ ८–  प्रहरीद्वारा गोली प्रहार। सनी खुनाको मृत्यु। प्रतिनिधिसभामा पेस भएको महिला हिंसा विरुद्धको प्रस्तावमा सांसदहरूको समर्थन। मैनाली नेतृत्वको छानबिन समितिद्वारा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायसँग छलफल गरी काम सुरु।

भदौ ९– निर्मलाका निम्ति न्याय भन्दै राजधानीमा पनि प्रदर्शन। रोशनी र बबिता बम पक्राउ। निष्पक्ष छानबिन नगरेको भन्दै विवादित बनेका प्रहरी उपरीक्षक डिल्लीराज विष्ट निलम्बन। मन्त्रिपरिषद्को बैठकद्वारा निर्मला पन्तको परिवारलाई सरकारले १० लाख दिने निर्णय। खुनाको परिवारलाई पनि १० दिने र सहिद घोषणा गर्ने निर्णय।

भदौ १०– सांसदहरू दीपक प्रकाश भट्ट, नरबहादुर धामी र लेखराज भट्ट पन्तको घरमा। प्रधानमन्त्रीको सन्देश सुनाउँदै दोषी पहिचान गरी कारबाही हुनेमा विश्वस्त हुन आग्रह। जिप्रका कञ्चनपुरका तत्कालीन प्रमुख प्रहरी उपरीक्षक डिल्लीराज विष्ट निलम्बित।

भदौ १२– प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्रीद्वारा घटनाका दोषी जोसुकै भए पनि कडाभन्दा कडा कारबाही गर्ने प्रतिबद्धता। पक्राउ परेका दीलिपसिंह विष्टलाई उपचारका लागि काठमाडौं ल्याइयो।

भदौ १४– प्रहरी प्रधान कार्यालयद्वारा एसएसपी उत्तम सुवेदीको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन।

भदौ २०– मैनालीको नेतृत्वमा गठित समितिले बलात्कारपछि हत्या हुँदा प्रमाण नष्ट गरिएको हुनाले घटना अनुसन्धान जटिल मोडमा पुगेकोु भन्दै गृहमन्त्रीलाई ब्रिफिङ।

भदौ २१– प्रहरी महानिरीक्षक आइजिपी सर्वेन्द्र खनालद्वारा निर्मला पन्तका आमाबुवा दुर्गादेवी र यज्ञराजलाई भेट। अपराधीलाई कुनै पनि हालतमा नछोडिने प्रतिबद्धता।

भदौ २६– डिएनए रिपोर्ट नमिलेपछि दीलिपसिंह विष्ट रिहा। प्रहरीद्वारा पक्राउ परेका रोशनी र बबिता बम पनि पनि ३० हजार धरौटीमा छाडिए।

भदौ २८– निर्मलाका बाआमा तथा अभियन्ताद्वारा पत्रकार सम्मेलन। निर्मलाका निम्ति न्याय भन्दै राजधानीमा दीप प्रज्ववन।

भदौ २९–  निर्मला हत्या तथा बलात्कार प्रकरणको छानबिन अन्तिम अवस्थामा रहेको गृहमन्त्रीको सदनमा जानकारी। गृहमन्त्री र निर्मलाका आमाबाबुद्वारा भेट। गृहमन्त्रीद्वारा हत्यारालाई पक्राउ गरी छिट्टै सार्वजनिक गर्ने प्रतिबद्धता।

भदौ ३१– एआइजी धीरु बस्न्यातको संयोजकत्वमा ९ सदस्यीय समिति गठन। कडा प्रहरी कार्यालय महेन्द्रनगरका तत्कालीन प्रहरी निरीक्षक जगदीशप्रसाद भट्ट निलम्बित।

असोज १– निर्मलाका आमाबाबुद्वारा प्रधानमन्त्रीसँग भेट।

असोज ९– मैनाली नेतृत्वको छानबिन समितिद्वारा गृहमन्त्रीलाई प्रतिवेदन पेस।

असोज १०– राज्य व्यवस्था समितिको बैठकमा बोल्दै गृहमन्त्रीद्वारा नयाँ खुलासा, निर्मला पन्तको ११ गते मुचुल्का उठाइएको छ, जसमा बुवाको औँठाछापसमेत छ। तर, बुवा १२ गते मात्र भारतबाट आएका हुन्। निर्मलाले लगाएका लुगासमेत खोलेर जलाइएको भेटियो।

असोज २१– मैनाली नेतृत्वको छानबिन समितिको प्रतिवेदन गृह मन्त्रालयद्वारा सार्वजनिक।

असोज २९– प्रहरी प्रधान कार्यालयद्वारा एसपी डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई बर्खास्ती गर्न गृह मन्त्रालयलाई पत्राचार।

कात्तिक ८– प्रभावकारी कार्य सम्पादन तथा अनुसन्धान नगरेको आरोप लाग्दै आएका कञ्चनपुरका तत्कालीन प्रमुख प्रहरी उपरीक्षक एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदीश भट्टलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य नहुने गरी प्रहरी सेवाबाट बर्खास्त।

मंसिर ९– बर्खास्तमा परेका प्रहरी निरीक्षक जगदिश भट्टद्धारा पुनर्वाहलीको माग गर्दै मन्त्रीपरिषदमा निवेदन।

मंसिर ११– बर्खास्तमा परेका एसपी दिल्लीराज विष्छद्दारा पुनर्वाहलीको माग गर्दै मन्त्रीपरिषदमा निवेदन।

पुस २– एआइजी धिरु बस्न्यातको टोलीले छानबिन प्रतिवेदन प्रहरी प्रधान कार्यालयलाई बुझायो।

माघ ६– पूर्वनायव महान्यायाधिवक्ता नरेन्द्र पाठक संयोजक रहेको मानव अधिकार आयोगको टोलीद्धारा अनुसन्धान प्रतिवेदन सकारलाई बुझाइयो।

फागुन २२– प्रमाण नष्ट गरेको र अभियुक्तलाई यातना दिएको भन्दै दिलिपसिंह विष्टका दाजु र निर्मलाका आमाद्धारा ८ प्रहरी ९एसपी दिल्लीराज विष्ट र डिएस्पी अंगुर जिसी, डिएसपी ज्ञानबहादुर सेठी, इन्स्पेक्टर एकेन्द्र खड्का, इन्स्पेक्टर जगदीश भट्ट, सईहरु हरिसिंह धामी, रामसिंह धामी र प्रहरी जवान चाँदनीविरुद्ध जिल्ला अदालत कञ्चनपुरमा मुद्दा दायर।

फागुन ३०– एसपी दिल्लीराज विष्ट र डिएसपी अंगुर जिसी बाहेक ६ प्रहरी धरौटीमा छाड्न जिल्ला अदालत कञ्चनपुरको आदेश। विष्ट र जिसी त्यसबेला अदालत उपस्थित भएका थिएनन्।

असार २५– निर्मलाकी आमा दुर्गादेवीलाई भीमदत्त नगरपालिकामा हाजिर लगाउने जागिर।

असार २६– ९ लाख धरौटीको जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत पुगेका डिएसपी अंगुरलाई जिल्ला अदालतकै फैसला सदर भएको उच्चको ठहर।

असार ३०– पत्रकार खेम भण्डारीलाई  १ घण्टा कैद र १ रुपैयाँ जरिवानाको फैसला।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com