ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भ्रष्टाचारको मुद्दामा लामालाई साधारण तारेखमा छाड्न आदेश


एबीसी न्यूज
श्रावण ९, २०७६ बिहीबार  ६ : ५२ बजे

 

काठमाडौं, ९ साउन । विशेष अदालतले नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्काको गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति लुकाएको आरोपमा भ्रष्टाचार मुद्दा खेपिरहकी अमिता लामा सोदेम्बालाई साधारण तारेखमा छाड्ने आदेश दिएको छ ।

न्यायाधीशहरू बाबुराम रेग्मी, द्वारिकामान जोशी र प्रमोदकुमार वैद्यको इजलासले लामालाई साधारण तारेखमा छोड्ने आदेश दिएको हो । विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेका अनुसार लामा आज अदालतमा उपस्थिति भएर बयान दिएपछि साधारण तारिखमा छाड्ने आदेश दिइएको हो ।

निगमका पूर्वकार्यकारी निर्देशक खड्कासहित तीन जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ साल पुस २३ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो । खड्काले अकूत रुपमा आर्जन गरेको सम्पत्ति खड्काकी श्रीमती शर्मिला खड्का र सोदेम्बाका नाममा राखेको दाबी गर्दै खड्का र लामाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको थियो ।

निगमका पूर्वकार्यकारी निर्देशक खड्काले रु १८ करोडभन्दा बढी गैरकानूनी सम्पत्ति आर्जन गरेको आयोगले दायर गरेको आरोपपत्रमा उल्लेख गरिएको छ । आरोपपत्रमा गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति अन्य व्यक्तिका नाममा रु सात करोड बराबरको सम्पत्ति लुकाई राखेकाले जफत गर्नुपर्न माग गरिएको छ ।

आरोपपत्रमा खड्काले विभिन्न बैंकका एटिएमबाट सुपरमार्केटहरूमा रु एक करोड ८० लाख १६ हजार खर्च गरेको उल्लेख थियोे । तीमध्ये स्रोत खुलेको आय रु आठ करोड ६४ लाख ६९ हजार छ । बाँकी रु १८ करोड ६६ लाखको स्रोत खुलेको छैन । त्यो स्रोत नखुलेको सम्पत्तिलाई गैरकानूनी रूपमा आर्जन गरेको आयोगले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेस कार्यसम्पादन समिति बैठकका ७ बुँदे निर्णय सार्वजनिक (पूर्णपाठ)

७ दिनभित्र सूचना खारेजको माग गर्दै पोखरामा सुकुम्वासीको प्रदर्शन

सम्बन्धित

विद्यार्थी संघ–संगठन खारेज गर्ने निर्णयविरुद्ध कारण देखाऊ आदेश

शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

प्रधानमन्त्री शाहको झुटो दाबीमाथि पूर्वअधिकारीको ‘काउन्टर’

सरकारले फेरि भन्यो– लिपुलेक पास हुँदै कैलाश मानसरोवर जाने बाटोमा पर्ने भू–भाग हाम्रै हो

फिर्ता भएको अध्यादेश पुनः अघि बढाउने सरकारको निर्णय, संवैधानिक बहस चर्कियो

संविधान संशोधन बहस सघन, न्यायपालिका सुधारबारे विज्ञहरूबीच मतभेद

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com