ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बैंकको सुन ठगीका आरोपीसँग २५ लाख धरौटी माग


एबीसी न्यूज

नेपालगञ्ज, ९ साउन । सिटिजन्स बैंक लिमिटेड नेपालगञ्ज शाखामा भएको नक्कली तथा कम तौलको सुन धितो काण्डमा बैंकका प्रबन्धकसहित सात जनासँग जनही रु २५ लाख धरौटी माग गरिएको छ ।

उच्च अदालत तलसीपुर–नेपालगञ्जले सात जनाउपर जनही रु २५ लाखका दरले धरौटी माग गरेको हो । बैंकमा सुन धितो राखेर रकम निकाल्ने चार तथा बैंकका प्रबन्धक विवेक स्वाँर, सहायक प्रबन्धक शङ्कर जोशी, खजाञ्ची ज्योति सुनार, सुन धितो राख्ने ईश्वर सुनार, रमेश सुनार, दीपक विश्वकर्मा र दीपेन्द्र विश्वकर्मालाई जनही रू २५ लाख धरौटी बुझाउन आदेश जारी गरिएको गरिएको बाँके जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताउनुभयो ।

उक्त शाखाका प्रबन्धक स्वाँरले बैंक ठगी काण्डमा संलग्नले अन्य रकम फिर्ता गरे पनि हाल बंैकलाई तिर्न बाँकी रकम रु तीन करोड २७ लाख तिर्न आनाकानी गरेपछि बंैकमा ठगी काण्ड भएको उजुरी आफँैले गरेका थिए । प्रहरीले स्वारकै उजुरीका आधारमा छानबिन थालेको थियो । उक्त अदालतका न्यायाधीश विष्णुदेव पौडेलको इजलासले आरोपितहरुको बयानपछि उनीहरुलाई जनही रु २५÷२५ लाख धरौटी बुझाउन आदेश दिएको हो ।

लक्ष्यभन्दा बढी राजश्व असुली

नेपालगञ्ज भन्सार कार्यालयले आर्थिक वर्ष २०७५/७६ को लक्ष्यभन्दा बढी राजश्व असुल गर्न सफल भएको छ । असार महिनामा मात्र रु एक अर्ब छ करोड ३० लाख ७३ हजार असुल भएकाले वार्षिक लक्ष्य पूरा भएको भन्सार प्रमुख शान्तिराम निरौलाले बताउनुभयो ।उहाँका अनुसार भन्सार विभागले यस कार्यालयलाई रु १२ अर्ब ३३ करोड एक लाख १६ हजार राजश्व असुलीको वार्षिक लक्ष्य दिएकामा रु १२ अर्ब ३३ करोड ५५ लाख ७१ हजार असुली भएको थियो । यो रकम लक्ष्यभन्दा ५४ लाख ५५ हजारले बढी हो ।

उक्त कार्यालयले सबैभन्दा बढी भन्सार महसुलमा रु पाँच अर्ब ९३ करोड ४८ लाख, मूल्य अभिवृद्धि करमा रु पाँच अर्ब ६२ करोड ५५ लाख, अन्तःशुल्कमा रु २८ करोड ३५ लाख र अन्यमा ४९ करोड १६ लाख ६७ हजार असुल गरेको थियो । सो अवधिमा सबैभन्दा बढी पेट्रोलियम पद्धार्थबाट राजश्व असुली भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com