ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रमुख प्रतिपक्षद्वारा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश


एबीसी न्यूज
श्रावण ८, २०७६ बुधबार  ४ : १३ बजे

 

काठमाडौँ, ८ साउन । प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसका तर्फबाट केही दिनदेखि मुलुकका विभिन्न भागमा भएको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानबाट भएको जनधनको क्षति तथा भइरहेको खोज, उद्धार र राहतका कार्यक्रममा सरकारलाई सदनबाट निर्देशन होस् भनी जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गरिएकोे छ ।

प्रतिनिधिसभाको आजको बैठकको प्रारम्भमै काँग्रेसका डा मीनेन्द्रप्रसाद रिजालले अप्ठेरो परेको बेलामा सबै राजनीतिक दल एक ठाउँमा उभिन्छन् भन्ने उदाहरण प्रस्तुत गर्नका लागि सो प्रस्ताव प्रस्ततु गरिएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “विपद्का बेला सरकारलाई संसद्सित मिलेर काम गर्न प्रेरणा मिलोस्, विगतका कमीकमजोरी सच्याउन सकियोस्, जनताप्रति हुने राम्रो काममा सरकार र प्रतिपक्ष एक ठाउँमा छन्, अप्ठेरोमा परेका जनताका सामु सरकार रहोस् भन्ने धारणासहित यो प्रस्ताव ल्याइएको छ । यसले सरकारलाई आवश्यक परेको बेला प्रतिपक्षले पनि रचनात्मक सहयोग पु¥याउँछ भन्ने पुष्टि गर्दछ ।”

प्रस्तावमा भनिएको छ, “अविरल वर्षा र यसका कारण आएको बाढी, पहिरो र डुबानका कारण देशभर एक सयभन्दा बढी नागरिकले ज्यान गुमाउनु परेको, कतिपय नागरिक बेपत्ता तथा घाइते भएको, केही राजमार्ग र विद्युत्सेवा अवरुद्ध भएको र अर्बौं मूल्य बराबरको धनमालको क्षति भएकाले सरकारद्वारा सञ्चालित उद्धार तथा राहत कार्यको प्रगति तथा प्रभावित क्षेत्रको विद्यमान अवस्थाबारे प्रतिनिधिसभामा जानकारी दिइयोस् । ”

प्रस्तावमा तीनै तहका सरकारद्वारा सञ्चालित उद्वार, राहत र त्यसपछिको पुनस्र्थापनाको एकीकृत कार्यक्रम प्रभावकारी तथा निष्पक्ष तवरले सञ्चालन गर्न नेपाल सरकारलाई नीतिगत निर्देशन दिन आवश्यक भएको उल्लेख गरिएको छ ।

उक्त प्रस्तावको समर्थन गर्दै राष्ट्रिय जनता पार्टी अध्यक्ष मण्डलका अध्यक्ष राजकिशोर यादवले असारको अन्तिम साता परेको अविरल वर्षाका कारण आएको बाढीले तराईका कतिपय भाग डुबानमा पर्दा त्यहाँका जनता आक्रान्त भएकाले कम्तीमा पनि सदनमा रहेका राजनीतिक दल एकढिक्का भएर जनताको पीडामा कसरी महलम लगाउन लगाउन सकिन्छ भनेर छलफलका लागि प्रस्ताव ल्याइएको बताउनुभयो ।

नेपाली काँग्रेसका नेत्री पुष्पा भुसालले जनताको बाँच्न पाउने र स्वास्थ्य सेवा लिन पाउनेजस्ता आधारभूत अधिकारका साथै विभिन्न राहत र उद्धारसँग जोडिएको कार्यक्रम जनतामा पु¥याउने सबै राजनीतिक दल एक ठाउँमा रहेर काम गर्नका लागि सदनबाट निर्देशन होस् भनेर प्रस्ताव आएकामा समर्थन गर्दछु भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेस कार्यसम्पादन समिति बैठकका ७ बुँदे निर्णय सार्वजनिक (पूर्णपाठ)

७ दिनभित्र सूचना खारेजको माग गर्दै पोखरामा सुकुम्वासीको प्रदर्शन

सम्बन्धित

विद्यार्थी संघ–संगठन खारेज गर्ने निर्णयविरुद्ध कारण देखाऊ आदेश

शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

प्रधानमन्त्री शाहको झुटो दाबीमाथि पूर्वअधिकारीको ‘काउन्टर’

सरकारले फेरि भन्यो– लिपुलेक पास हुँदै कैलाश मानसरोवर जाने बाटोमा पर्ने भू–भाग हाम्रै हो

फिर्ता भएको अध्यादेश पुनः अघि बढाउने सरकारको निर्णय, संवैधानिक बहस चर्कियो

संविधान संशोधन बहस सघन, न्यायपालिका सुधारबारे विज्ञहरूबीच मतभेद

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com