
काठमाडौं , ७ साउन । सुदूरपश्चिम प्रदेशको विकट हिमाली जिल्ला बझाङका सेती पारी सडक जोड्ने पक्की पुलहरु अलपत्र अवस्थामा रहेका छन । टेण्डर भएको तिनचार वर्ष बितिसक्दा पनि सेतीनदीमा निर्माणाधिन पक्की पुलहरु अलपत्र परेका हुन ।
ठेकदारको लापरवाहिका कारण तल्कोट गाउँपालिकामा देवसैन पुल,जयपृथ्वी नगरपालिकामा पानकोट पुल,खप्तड छान्ना गाउँपालिका जोड्ने तमेल पुल, थलारा गाउँपालिका जोडने झनाना पुल लगायत जिल्लामा विभिन्न ठाउँमा निर्माण हुन थालेका पक्की पुलहरु समयमा नै सम्पन्न हुन सकेका छैनन ।
समयमा नै पक्की पुलहरु निर्माण नभएकाले स्थानिय तहहरुले बर्षेनि झण्डै १ करोड भन्दा वढी रुपियाँ काठेपुल निर्माणमा खर्च गर्ने गरेका छन ।
सेतीपारी जोड्ने स्थानिय तहका प्रायजसो सबै ठाउँमा सडक जोडि सकेको तर सेती नदीमा पक्की पुलहरु निर्माण नहुँदा सेतीपारीका बासिन्दाहरु यातायाताका सुविधाहरुबाट बञ्चित हुदै आएका छन।
समयमा नै निर्माण गरीसक्नु पर्ने सेती नदीका पक्की पुलहरु ठेकदारहरुको लापरवाहीले निर्माण कार्य सम्पन्न गरीसक्नु पर्ने समय नाघिसक्दा समेत राज्यको करोडौ रकम पेश्की लिएर निर्माण कार्य अलपत्र पारेको मष्टा गाउँपालिकाका समाजसेवी रामचन्द्र रोकायाले बताए ।
निर्माण कार्य अलपत्र पार्ने ठेकदारलाई राज्यले कारबार्हिको दायरामा नल्याउदा समयमा नै विकास निर्माण कार्यहरु सम्पन्न नभएको उनको भनाइ छ ।








प्रतिक्रिया दिनुहोस्