ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुलुकमा शान्तिसुरक्षा कायम राख्न गृह प्रशासन सफल– मन्त्री थापा


एबीसी न्यूज

 

काठमाडौँ, ७ साउन । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले मुलुकमा शान्तिसुरक्षा कायम राख्न गृह प्रशासन सफल रहेको बताउनुभएको छ ।

आर्थिक वर्ष २०७५/७६ को वार्षिक कार्यसम्पादन प्रगति र आगामी कार्यदिशाबारे आज यहाँ आयोजित सञ्चारकर्मीसँगको अन्तरक्रियामा उहाँले सरकारले परिकल्पना गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ निर्माणका लागि शान्तिसुरक्षा मजबुत बनाउनुपर्ने बताउनुभएको हो ।

“देशमा राजनीतिक स्थायित्व र शान्तिसुरक्षालाई थप सुदृढ बनाउन गृह मन्त्रालय लागिरहेको छ”, उहाँले भन्नुभयो ।

गृहमन्त्री थापाले लामो समयपछिको राजनीतिक उपलब्धिको रक्षा गर्दै सङ्घीयतालाई थप सुदृढ बनाउन नेत्रविक्रम चन्द समूहबाट हुनसक्ने हिंसा नियन्त्रणमा सरकार लागेको स्पष्ट पार्नुभयो । त्यस्तो हिंसात्मक कृयाकलाप नियन्त्रण गर्न हालसम्म ५०० भन्दा बढी सो समूहका नेता तथा कार्यकर्तालाई नियन्त्रणमा लिइएको गरिएको उहाँको भनाइ थियो ।

मन्त्री थापाले वार्ताकै माध्यमबाट समस्या समाधान हुने भएकाले सरकारले उक्त समूहलाई वार्तामा आउन पटकपटक आग्रह गरेको उल्लेख गर्नुभयो । “विप्लव समूहबाट वार्ताका लागि कुनै किसिमको प्रस्ताव सरकारलाई आएको छैन”, गृहमन्त्री थापाले भन्नुभयो ।

देशको राष्ट्रिय एकतालाई कायम राख्न सिके राउतको समूहलाई सरकारले मूलधारको राजनीतिमा ल्याउन सफल भएको उहाँको भनाइ थियो ।

गृहमन्त्री थापाले सीमा क्षेत्रमा हुने सुनलगायत अन्य सामानको तस्करी, मानव बेचबिखनलगायतका विकराल समस्या समाधानमा सरकार सफल रहेको स्पष्ट पार्नुभयो । निर्मला हत्या प्रकरणलाई राजनीतिकरण गर्न खोजिएको बताउँदै उहाँले गृह प्रशासन, नागरिक समाज र पत्रकार मिलेर नै निर्मलाका हत्यारालाई खोज्नुपर्ने बताउनुभयो ।

हत्यारा बलात्कारीलाई कानूनी कारवाहीमा ल्याउन नेपाल प्रहरी ९५ प्रतिशत सफल भए पनि केही घटना अनुसन्धानको चरणमा रहेको उहाँको भनाइ थियो ।

विकासको नाममा ठेक्कापट्टा पारेर समयमा काम नसकी आर्थिक अपराध गर्ने ठेकेदारलाई कारवाही गरिने उहाँको भनाइ थियो । “भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयसँग सहकार्य गरेर समयमै काम नगर्र्ने ठेकेदारलाई कारवाहीको दायरामा ल्याउँछौँ”, उहाँले भन्नुभयो ।

गृह मन्त्रालयका सचिव प्रेमकुमार राईले अनुसन्धानको प्रारम्भमा त्रुटि भएका कारण निर्मलाको हत्यारालाई पक्राउ गर्न नसकिएको स्वीकार गर्दै भन्नुभयो, “निर्मला हत्याकाण्डबारे छानबिन भइरहेको छ ।”

उहाँले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल ऐनको विधेयकबारे छलफल भइरहेको बताउँदै दुवै सङ्गठनमा आ–आफ्नो क्षेत्राधिकार रहेको उल्लेख गर्नुभयो । सीमित स्रोत र साधन भएर पनि प्रहरीले मुलुकको शान्तिसुरक्षामा उल्लेखनीय काम गरेको उहाँको भनाइ थियो ।

उक्त मन्त्रालयले ८२ बुँदे गृह प्रशासन सुधार कार्ययोजना– २०७४ मा ७८ बुँदा कार्यान्वयन गरिसकेको बताएको छ ।

सोही मन्त्रालयका सहसचिव नारायणप्रसाद शर्मा दुवाडीले गत आर्थिक वर्षमा आन्तरिक सुरक्षा व्यवस्थासम्बन्धी कार्यकारी आदेश जारी गरी केन्द्र र प्रदेशबीच सुरक्षा समन्वय मिलाइएको, विकास आयोजना सम्पन्न गर्न सहजीकरण गरिएको, अपराध नियन्त्रण कार्यमा समुदायको सहभागिता गरिएको, विपद्को घटना भएको ७२ घण्टाभित्र राहत उपलब्ध गराइएको बताउनुभयो ।

यस्तै सार्र्वजनिक यातायात क्षेत्रमा रहेको सिण्डिकेट अन्त्य गरिएको, कारागारको आन्तरिक व्यवस्थापनलाई अझ चुस्त तथा प्रभावकारी बनाउन लागिएको, सुन तस्करीको आपराधिक सञ्जाल तोडिएको, मापदण्ड विपरीत खटिएका सुरक्षाकर्मी फिर्ता गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com