ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चिचिलिङ पोखरीमा सडक निर्माण


admin

तेह्रथुम, १० कात्तिक ।   फेदाप गाउँपालिकाको केन्द्र पोक्लाबाङ बजारदेखि पर्यटकीय तथा धार्मिक तीर्थस्थल चिचिलिङ पोखरीसम्म पुग्ने सडक निर्माण भएको छ ।

सदरमुकाम म्याङलुङबाट करिब एक दिनको पैदलदुरीमा अग्लो डाँडाबीच रहेको उक्त पोखरी दृश्यावलोकन गर्ने र वनभोज खाने स्थलको रुपमा पूर्वमै सुपरिचित छ ।

पोखरी परिसरसम्म पुग्न गाउँपालिकाको केन्द्र पोक्लाबाङदेखि भ्यागुत्ते ढुंगासम्मको ४.२ किमि सडक निर्माण भएको हो । पोखरीसम्म यातायात सञ्चालन गर्न सहज होस् भन्ने उद्देश्यले सात मिटर चौडाइको सो सडक निर्माण गरिएको सडक निर्माण तथा उपभोक्ता समितिका अध्यक्ष नगेन्द्रबहादुर थापाले बताउनुभयो ।

सडक निर्माणका लागि फेदाप गाउँपालिकाले चालु आवमा रु ३० लाख विनियोजन गरेको थियो । करिब दुई हजार १०० मिटरको उचाइमा रहेको पोखरीमा बाहै्रमहिना पानी रहन्छ । यहाँ घुम्न आउने पर्यटकलाई सहजताका लागि सडक निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष हरिप्रसाद चोङवाङले बताउनुभयो ।

“अव छिट्टै भैँसेपोखरीसम्म सडक निर्माण गरिन्छ,” उहाँले भन्नुभयो । यहाँ हरेक चाडपर्व र नयाँ वर्षको दिन विशेष घुइँचो लाग्छ । चिचिलिङ नजिकै रहेको डाँडाबाट पूर्वका विभिन्न जिल्लाको अवलोकन गर्न सकिन्छ । पोखरीको संरक्षण नहुँदा वर्षेनी पानीको सतह घट्दै गइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नागरिकता विधेयक फिर्ता लिएर नयाँ पेस गरिँदै

काठमाडौं, २३ असार ।  काठमाडौँ । लामो समयदेखि विवादमा परेर अघि बढन नसकेको नागरिकता विधेयक अन्ततः सरकारले आज फिर्ता लिने भएको छ ।गत मन्त्रिपरिषद्को बैठकको

बाजुराको बूढीगंगा नगरपालिकामा मतदान सुरू

काठमाडौं, २३ असार । बाजुराको बूढीगंगा नगरपालिकामा नयाँ जनप्रतिनिधि चुन्न आज मतदान सुरु भएको छ । गत वैशाख ३० गते भएको निर्वाचन विवादित भएपछि त्यसलाई

नेपाल प्रहरीले सुपारी भारत पठाउन खोज्दा सशस्त्रले रोकेपछि झडप

झापा, २३ असार ।झापामा सशस्त्र प्रहरी र नेपाल प्रहरीबीच झडप भएको छ। झापाको मेचीनगर नगरपालिका स्थित काँकडभित्तामा नाकामा बुधबार राति दुई सुरक्षा निकायबीच झडप भएको

सम्बन्धित

स्वीस बैंकमा रहेको नेपालीहरुको बचत घट्दै : स्वीस बैंकमा नेपालीको ३९ अर्ब रुपैयाँ भेटियो

बैंकमा पैसा राख्नेमा कुन जिल्लाका नागरिक अघि ?

अर्थमन्त्री शर्मालाई नीतिगत भ्रष्टाचारमा अख्तियारले छानबिन गरी मुद्दा चलाउनुपर्छ : योगेश भट्टराई

सुनको भाउ तीन सयले बढ्यो, चाँदीको भाउ कति ?

मुख्यालय धितो राखेर ३ अर्ब ऋण लिंदै आयल निगम

आदर्श लघुवित्तको आईपीओ बाँडफाँट, ५ भाग्यमानीले पाए ११ कित्ता, यसरी हेर्नुहोस् रिजल्ट !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2022 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...