ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिरहाको विकास : नागरिकलाई सास्ती जनप्रतिनिधि र ठेकेदारलाई मस्ती


एबीसी न्यूज
असार २९, २०७६ आईतबार  ६ : २९ बजे

 

सिरहा , २९ असार  । कति लेख्नु रु अझै कति वर्षसम्म लेख्नुपर्ने हो रु ‘‘ लेख्दा पनि दिक्क लागिसक्यो भने यो खबर पढ्नेलाई पनि दिक्क किन पो लाग्दैन् होला र रु । ठेकेदारको चरम लार्पबाही, सरकारको वेवास्ताले सिरहा जिल्ला भरिको विकास कछुवाको गतिभन्दा पनि कम छ । त्यसैमाथी स्थानीय सरकार आएपछि गरिएको विकासकाले नागरिकलाई राहत भन्दा पनि आहत दिएको छ । वर्षोदेखिको दिर्घरोग फेरी यो वर्षपनि दोहोरिँदा अर्थात असारे झरीमा विकास निर्माणका काम हुँदा झनै नागरिकलाई सास्ती भएको छ ।

सिरहाको लक्ष्मीपुरपतारी (६ स्थित पथरगढाका खोला तथा नदिमा करिब ४र५ वर्षदेखि निर्माण शुरु भएका पुल अझै सम्म पनि निर्माण सम्पन्न नहुँदा फेरी यो वर्ष पनि नागरिकले सास्ती पाएका छन् भने विकासको नाममा असारे झरिमा निर्माण शुरु गरिएका अधिकांश सडक हिलाम्य हुँदा नागरिकलाई आवात—जावातमा समस्या हुने गरेको छ ।

कहिले होला वर्षायाममा ढुक्को यात्रा रु आम नागरिकको प्रश्न छ, तर जिम्मेवार निकाय अहिले अहिले पनि बेखबर जस्तै छ । बाढी आँउछ जान्छ, बिगतमा चल्यो यो वर्षपनि फेरि चल्छ, यसको निरन्तरता सधै भइराखेको छ । समयमा निर्माण सम्पन्न नगर्ने ठेकेदारलाई न कार्बाही हुन्छ, न त समयमा नै काम हुन सकेको छ । सरकारी निकायको गैरजिम्मेवारपनका कारण ठेकेदारलाई मस्ती नागरिकलाई सास्ती भएको छ ।

 

सिरहाका खोला तथा नदिमा पुलको हरबिजोग अनि ग्रामिण भेगमा असारको झरिमा निर्माण गरिएका सडकले नागरिकलाई सास्ती मात्र बनाएको छैन् , आहात समेत बनाएको छ । सिरहा जिल्लाको करिब सबै ठाँउमा पुग्ने अधिकांश ग्रामिण सडक हिलाम्य छन् अहिले पनि, निर्माण कि त समयमै गर्नुपथ्र्यो , बरु नगरेको भएपनि नागरिकले जसोतसो काम चलाएकै छन् ।

निर्माणाधिन सडक हिलाम्य हुँदा सवारी साधन आवात जावत तथा पैदलयात्रीलाई समस्या बनाएको छ । वर्षात शुरुभएपछि निर्माण थालिएको सडक हिलाम्य भएको छ भने ठेकेदारले हिलेमाटो सहितका ग्रावेल गरिरहेका छन् । असार अन्तिम लाग्दा कतै कालोपत्रेको कामले निरन्तरता पाएको छ भने कतै सडक ग्राबेलको कामले गति लिएको छ । ठेकेदारको चरम लार्पबाहीका कारण सडक तथा पुल निर्माण समयमै हुन नसक्दा नागरिक आजित भएका छन् । सरकार तथा जिम्मेवार निकाय भने नियमनमा ध्यान दिन सकिरहेको छैन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ट्रेड युनियन खारेजी: प्रधानमन्त्रीको ‘सिस्टम सुधार्ने’ अठोट र कर्मचारीको ‘कानुनी लडाइँ’

सरकार जनहितमा काम गर्दैछ ः रास्वपा मधेष प्रदेश , महामन्त्री । भिडियो

सम्बन्धित

ट्रेड युनियन खारेजी: प्रधानमन्त्रीको ‘सिस्टम सुधार्ने’ अठोट र कर्मचारीको ‘कानुनी लडाइँ’

स्मार्ट टेलिकमका प्रबन्ध निर्देशक जोशी पक्राउ

शेखर गोल्छा सीआईबी नियन्त्रणमै, बीमा सम्बन्धी कसुरमा अनुसन्धान जारी

रोशी खोलाको भेलमा फसेका ८९ जना यात्रुको सकुशल उद्धार

भूमि आयोगमाथि ‘अध्यादेश’ को प्रहार: अदालतलाई छल्ने कि सुकुमवासीलाई अल्झाउने?

रोशी खोलाको बहाव बढेपछि ५ गाडी र यात्रुको उद्धार, १५० सवारी साधन बीचमै रोकिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com