ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समृद्ध नेपाल र सुखी नेपालीका लागि सबै धनी हुनुपर्छ– उपप्रधानमन्त्री पोखरेल


एबीसी न्यूज

 

काठमाडौं, २९ असार । उपप्रधानमन्त्री ईश्वर पोखरेलले पृथ्वीनारायण शाहले भौगोलिक रुपमा र आदिकवि भानुभक्त आचार्यले भाषिक रुपमा गरेको एकीकरणलाई सामाजिक सद्भावका साथ स्थायित्व दिनुपर्नेमा जोड दिनुभएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानलगायत संस्थाको सहयोगमा भानु प्रतिष्ठानले आज यहाँ आयोजना गरेको २०६ औँ भानुजयन्ती एवं राष्ट्रकवि माधवप्रसाद घिमिरेको समभिनन्दन समारोहलाई सम्बोधन गर्दै उहाँले सामाजिक सद्भावमा टिकेको राष्ट्रिय एकतालाई मजबुत बनाउन भानुजयन्ती जस्ता अवसरले प्रेरणा दिने बताउनुभयो ।

“ समृद्ध नेपाल र सुखी नेपालीका लागि सबै धनी हुनुपर्छ, यसका लागि नेपालीबीचमा एकता हुनु जरुरी, एकता खल्बल्याउनेहरु सक्रिय रहेकाले सबै सचेत हुनुपर्छ”, उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो ।

सो अवसरमा उचाइ बराबरको अभिनन्दनपत्रले सम्मानित राष्ट्रकवि घिमिरेले भानुजयन्ती सर्वप्रथम दार्जीलिङबाट मनाउन शुरु गरिएको स्मरण गर्दै विदेशमा बस्ने नेपालीले नेपाल राष्ट्र, नेपाली भाषा र संस्कृतिलाई फैल्याएको बताउनुभयो । “अहिलेको विश्वमा मानिसमा हृदय र पारिवारिकता हराउँदै गएको छ, ‘रामायण’मा उल्लेख भएअनुसार राम वनबास जाँदा भरतले खराउलाई सिंहासनमा राखेर राज्य गरेजस्तो पारिवारिकता फर्कोस्, भानुजयन्तीबाट हामीले त्यो सिक्न सकौँ”, उहाँले भन्नुभयो ।प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले पृथ्वीनारायण शाहले भौगोलिक रुपमा एकीकृत बनाएको नेपाललाई आदिकवि आचार्यले भाषिक एवं सांस्कृतिक रुपमा एकताको सूत्रमा गाँस्नुभएको बताउनुभयो ।

भानु प्रतिष्ठानका अध्यक्ष प्रा डा व्रतराज आचार्यले नेपाली भाषाको मानकीकरणमा योगदान दिनुभएका आचार्यले ‘रामायण’लगायत ग्रन्थका माध्यमबाट सनातन संस्कृतिलाई एकताको सूत्रमा गाँसेको सुनाउनुभयो ।कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव जगतप्रसाद उपाध्याय, भानु प्रतिष्ठानका महासचिव डिपी अर्याल, प्राज्ञ देवी नेपाल, साहित्यकार ऋषभदेव घिमिरेलगायतले विसं २०३३ देखि नै प्रभातफेरी शुरु भएको जानकारी दिनुभएको थियो । भानु जयन्ती मनाउन म्याम्माबाट आउनुभएका ओम बगाले थापाले नेपाली भाषा नरहे नेपाली जाति, संस्कृति र संस्कार बच्न नसक्ने भएकाले आफूहरुले विदेशमा बसेर पनि भाषा रक्षाका लागि काम गरेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com