ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मेची पुल जोड्ने ग्राभेल सडक बगाउँदा आवतजावतमा समस्या


एबीसी न्यूज

 

झापा २८ असार । झापाको भद्रपुरस्थित मेची पुल जोड्ने भारततर्फ बनाइएको अस्थायी ग्राभेल सडक बगाउँदा आवतजावतमा फेरि समस्या उत्पन्न भएको छ ।

अविरल वर्षासँगै मेची नदीमा आएको बाढीले शुक्रवार बिहान पुल जोड्ने ग्राभेल सडक बगाउँदा आवतजावतमा समस्या उत्पन्न भएको हो । बाढीले भारततर्फको सडक कल्भर्ट बगाउँदा दुई दिनदेखि दुई पांग्रे र चार पांग्रे सवारीसाधन अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा भारतबाट नेपाल आउने र नेपालबाट भारत जाने सवारीसाधन फेरि काँकडभिट्टा नाका जान थालेका छन् । मेचीमा आएको बाढीले १०१ नम्बर सीमा पिलरसँगै एसएसबीले दशगजा नजिकै राखिएको अस्थायी पोस्ट समेत डुबाएको छ । मेची पुल जोड्ने भारततर्फको कालोपत्रे सडक नबन्दा स्थानीयको सुविधाका लागि किशनगञ्ज जिल्ला भादगाउँ ग्राम पञ्चायतले करिब ७ लाख आन्तरिक बजेट निकासा गरी मेची पुल जोडन एउटा कल्भर्ट निर्माण गरेको थियो । भारतले अस्थायी सडक बनाएपछि त्यो सडकलाई जोडन भद्रपुर नगरपालिकाले समेत ह्युम पाइप राखेर सय मिटर सडक निर्माण गरिदिएको थियो । दुवै देशका स्थानीय निकायले वर्षालाई मध्यनजर गरी ग्राभेल सडक बनाएका हुन् ।

पानीले कल्भर्ट सडक बगाउँदा आवतजावतमा समस्या आएको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक यमकुमार श्रेष्ठले बताउनुभयो । ५६० मिटर लम्बाई र ९.८ मिटर चौडाइको १७ पिलरसहितको मेची पुल ३५ करोड ९५ लाख रुपैयाँको लागतमा प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ साल माघ १७ गते गर्नुभएको थियो । यो पुल ९ वर्षमा बनेको थियो ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com