ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संविधान र कानूनभित्र रहेर नै सरकारी वकिलले काम गर्नुपर्ने– अग्निप्रसाद खरेल


एबीसी न्यूज
असार २८, २०७६ शनिबार  २ : ३७ बजे

 

 

काठमाडौँ, २८ असार । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले संविधान र कानूनभित्र रहेर नै सरकारी वकिलले काम गर्नुपर्ने बताउनुभएको छ । महान्यायाधिवक्ताको कार्यालयले आज आयोजना गरेको ‘महिला सरकारी वकिलका लागि एक दिवसीय क्षमता विकास’ सम्बन्धी कार्यशालामा उहाँले सरकारी वकिलले कानूनमा भएका कुरालाई जस्ताको त्यस्तै पालना गर्नुपर्ने बताउनुभयो ।

उहाँले महिला वकिलले कुनै पनि ठाउँमा काम गर्न सक्ने गरी आफ्नो क्षमता बढाउनुपर्ने बताउनुभयो । उहाँले अहिले कानून पढ्ने छात्रा बढी भएकाले अबका २० वर्षमा महिला र पुरुष बराबरी हुने उल्लेख गर्नुभयो । उहाँले एउटा मुद्दा हार्दैमा विचलित हुनुनपर्ने र त्यसले अरु मुद्दालाई समेत प्रभावित पार्ने भएकाले महिला सरकारी वकिलले निडर भएर आफ्नो काम गर्नुपर्नेमा जोड दिनुभयो ।

नायब महान्यायाधिवक्ता खगराज पौडेलले महिला सरकारी वकिललाई नेतृत्व विकास गर्नका लागि कार्यशाला आयोजना गरेको बताउनुभयो । कार्यक्रममा न्यायायाधीश सपना मल्ल प्रधानले नेतृत्व विकासः चुनौती र अवसर, केदार रायमाझीले सार्वजनिक प्रशासन नेतृत्व विकास गर्न लिनुपर्ने अग्रसरता, डा अनुप बरालले तनाव तथा समय व्यवस्थापन विषयमा प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रममा उपत्यकाका ५० महिला सरकारी वकिलको सहभागिता रहेको थियो । मुलुकभरि ७२ महिला सरकारी वकिल रहेका छन् भने ललितपुर, ओखलढुङ्गा र रामेछापमा रहेका सरकारी वकिल कार्यालय महिला वकिलले मात्र सञ्चालन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अध्यादेशमार्फत सत्ता केन्द्रिकरणको जोखिम बढ्दै

ट्रेड युनियन खारेजी: प्रधानमन्त्रीको ‘सिस्टम सुधार्ने’ अठोट र कर्मचारीको ‘कानुनी लडाइँ’

सम्बन्धित

ट्रेड युनियन खारेजी: प्रधानमन्त्रीको ‘सिस्टम सुधार्ने’ अठोट र कर्मचारीको ‘कानुनी लडाइँ’

स्मार्ट टेलिकमका प्रबन्ध निर्देशक जोशी पक्राउ

शेखर गोल्छा सीआईबी नियन्त्रणमै, बीमा सम्बन्धी कसुरमा अनुसन्धान जारी

रोशी खोलाको भेलमा फसेका ८९ जना यात्रुको सकुशल उद्धार

भूमि आयोगमाथि ‘अध्यादेश’ को प्रहार: अदालतलाई छल्ने कि सुकुमवासीलाई अल्झाउने?

रोशी खोलाको बहाव बढेपछि ५ गाडी र यात्रुको उद्धार, १५० सवारी साधन बीचमै रोकिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com