ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाढिले निर्माणाधिन पुल भत्कायो


एबीसी न्यूज
असार २८, २०७६ शनिबार  १ : १८ बजे

 

धनुषा, २८ असार । केही दिनदेखि लगायतार बर्षाका कारण आएको बाढिले धनुषामा निर्माणाधिन पुल भत्किएको छ ।धनुषाको क्षिरेश्वरनाथ नगरपालिका स्थित महेन्द्रनगर र शान्तिपुर जोड्ने औरही खोलाको निर्माणाधिन पुल भत्किएको छ । रोशन कन्ट्रक्सनले विगत ६ वर्षदेखि निर्माण गर्दै आएको पुल निर्माणाधिन अवस्थामै भत्कििएको हो ।

अविरल वर्षासंगै आएको बाढीले निर्माणाधिन पुल शुक्रबार राति भत्केको स्थानीय बताएका छन् । गुणस्तरहीन सामग्रीको प्रयोग गरेकाले पुल भत्केको स्थायनीहरुको भनाई छ । पूलको झण्डै ६ वर्ष अघि बर्तमान भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठले शिलान्यास गरेका थिए । पुल भत्किएपछि त्यस क्षेत्रको बाटो अवरुद्धसमेत भएको हो ।

यता, बुधबार रातिदेखि परेको अविरल वर्षाले जनकपुर जलमग्न भएको छ । वर्षाको पानी निकास हुन नसक्दा सडक र घरघरमा तीन फीटसम्म पानी जमेको छ । जनकपुरका प्राउजसो सरकारी सरकारी कार्यालय डुबानमा परेको छ ।
मुख्यमन्त्री कार्यालय, विमानस्थल, अञ्चल अस्पताल, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, वन कार्यालय, आन्तरिक राजश्व कार्यालय, राष्ट्रिय समाचार समिति, हुलाक कार्यालय, वन निर्देशनालय, जिल्ला विकास समन्वय कार्यालय, जिल्ला ट्राफिक कार्यालय, राष्ट्रिय समाचार समितिलगायतका कार्यालय डुबानमा परेको छ ।

जनकपुर डुबानमा परेपछि मानिसलाई घरभित्रै बस्न र बाहिर निस्किन समेत समस्या भएको छ । नगरमा पानी जलमगन भएपछि पठनपाठनसमेत ठप्प भएको छ । वर्षा र डुबानको कारण सर्वसाधारण कष्टकर जीवन जिउन बाध्य भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अध्यादेशमार्फत सत्ता केन्द्रिकरणको जोखिम बढ्दै

ट्रेड युनियन खारेजी: प्रधानमन्त्रीको ‘सिस्टम सुधार्ने’ अठोट र कर्मचारीको ‘कानुनी लडाइँ’

सम्बन्धित

ट्रेड युनियन खारेजी: प्रधानमन्त्रीको ‘सिस्टम सुधार्ने’ अठोट र कर्मचारीको ‘कानुनी लडाइँ’

स्मार्ट टेलिकमका प्रबन्ध निर्देशक जोशी पक्राउ

शेखर गोल्छा सीआईबी नियन्त्रणमै, बीमा सम्बन्धी कसुरमा अनुसन्धान जारी

रोशी खोलाको भेलमा फसेका ८९ जना यात्रुको सकुशल उद्धार

भूमि आयोगमाथि ‘अध्यादेश’ को प्रहार: अदालतलाई छल्ने कि सुकुमवासीलाई अल्झाउने?

रोशी खोलाको बहाव बढेपछि ५ गाडी र यात्रुको उद्धार, १५० सवारी साधन बीचमै रोकिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com