ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘घटनालगत्तै पुगे पनि बचाउन सकिएन’


एबीसी न्यूज

 

बनेपा, २८ असार । घटना भएको तीन/चार मिनेटभित्रमै घटनास्थलमा पुगेर उद्धार गरेको भए पनि काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–३ चुनातालस्थित घरमाथिबाट आएर पहिरोले परिएका दुई जनालाई बचाउन नसकेको छिमेकीले बताएका छन् ।

घरमाथिको बारीको कान्ला झरेर पहिरोले घर बगाउँदा सो ठाउँका रामप्राद दङ्गालकी श्रीमती अन्दाजी वर्ष ५५/६० की गोमा दङ्गाल र सात वर्षकी सुहाबी दङ्गालको हिजो बिहान घटनास्थलमै मृत्यु भएको थियो । घटनालगत्तै छिमेकी जम्मा भएर गरिएको उद्धारका क्रममा सोही पहिरोमा परी पुरिएको अवस्थामा बुहारी सुशीला दङ्गाल र तीन महीनाकी नातिनी अनुष्का दङ्गालको उद्धार गर्न सफल भएका छन् ।

“गाउँमा मान्छेहरु एकै चोटी जुटेकै कारण हामीले बुहारी र सानी नानीलाई समेत बचाउन सफल भयौँ”, छिमेकी रीता दङ्गालले भन्नुभयो, “घटना भएलगत्तै मेरी छोरीलाई यहाँबाट घर भत्केर ठूली आमा पुरिए भनेर बोलाउन लगायौंँ, सबै जना एकैछिनमा जम्मा भयौँं र बुहारी र सानी नानीलाई निकालेका हौँं ।”

अर्का छिमेकी लालप्रसाद सापकोटाले आफूहरुले घटनालगत्तै सबै जुटेर उद्धार गर्न लागे पनि सबैलाई बचाउन नसकेकामा दुखेसो गर्नुभयो । खाना पकाइरहेको अवस्थामा पहिरो झरेर पुरिएको उहाँको भनाइ छ । इलाका प्रहरी कार्यालय बनेपाका नायब प्रहरी निरीक्षक विष्णु सापकोटाले घटनालगत्तै जानकारी पाएपछि आफूहरु खटिएको र घाइतेलाई उपचारका लागि बनेपास्थित शिर मेमोरियल अस्पतालमा पठाएको बताउनुभयो ।

घरमा आठ जनाको परिवार भएकामा घरमुली रामप्रसाद बिहानै बनेपामा दूध बेच्नका लागि डेरीमा गएका, कान्छो छोरा बुहारी बनेपामा नै बस्दै आएका र जेठो छोरा विदेशमा रहेको जनाइएको छ । भूकम्पको पहिलो किस्तावापत रु ५० हजार लिएको भए पनि बनाउने जग्गामाथि विद्युत् प्रसारण लाइनको मुख्य तार परेका कारण बनाउन नसकेको र त्यसलाई हटाउन विद्युत् प्राधिकरणलाई बारम्बार भन्दा पनि त्यसको क्षतिपूर्ति उपलब्ध गराएमा मात्रै सम्भव नहुने बताएपछि त्यत्तिकै रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com