ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पहिराले घर बगाउँदा बेपत्ता रहेका तीन जनाको शव फेला


एबीसी न्यूज
असार २७, २०७६ शुक्रबार  ७ : ०५ बजे

 

काठमाडौँ, २७ असार । खोटेहाङ गाउँपालिका–२ वाप्लुखामा पहिराले घर बगाउँदा बेपत्ता रहेका तीन जनाको शव फेला परेको छ । घरमाथिबाट आएको पहिराले घर बगाउँदा आज बिहान बेपत्ता रहेका २९ वर्षीया रेखा राई र उहाँका छोरा चार वर्षीय रमन र सात महीनाका रोजनको शव फेला परेको हो ।

पहिराले मृतकका श्रीमान् ३१ वर्षीय विष्णु राई गम्भीर घाइते हुनुभएको छ । उहाँको स्थानीय स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि थप उपचारका लागि खोटाङ बजार पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले जानकारी दिनुभयो ।

मृतकको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र चिसापानी पठाइएको प्रहरीले जनाएको छ । बिहान करीब ५ बजेतिर पहिराले घरमा सुतिरहेका चारैजनालाई बगाएको थियो । पहिरो आउनासाथ स्थानीयवासीले विष्णुलाई उद्धार गरेको प्रहरीले जनाएको छ । बेपत्ता बनेका दुई छोरा र आमालाई इलाका प्रहरी कार्यालय खोटाङ बजारबाट उद्धारमा खटिएका प्रहरी टोली र स्थानीयवासीले अपराह्नपछि मृत फेला पारेका हुन् ।

घटनास्थल जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने वाप्लुखाको गोपिनीस्थित एकान्त ठाउँमा पर्दछ । घटनास्थल वरपर टेलिफोन तथा मोबाइल सेवासमेत उपलब्ध नहुँदा बेपत्ता बनेकाको उद्धारमा ढिलाइ भएको जनाइएको छ । घरदेखि करीब ४०० मिटरमाथिबाट पहिरो खसेर राई परिवारलाई घरसहित बगाएको जनाइएको छ ।

जिल्लाका अन्य ठाउँमा भएको क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । लगातारको वर्षासँगै चलेको हावाहुरीले गएरातिदेखि विद्युत्समेत अवरुद्ध बनेको छ । विद्युत् सेवासमेत अवरुद्ध भएपछि जिल्ला अहिले अस्तव्यस्त बनेको छ । अवरुद्ध विद्युत् कहिले सञ्चालन हुने भन्नेमा टुङ्गो छैन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अध्यादेशमार्फत सत्ता केन्द्रिकरणको जोखिम बढ्दै

ट्रेड युनियन खारेजी: प्रधानमन्त्रीको ‘सिस्टम सुधार्ने’ अठोट र कर्मचारीको ‘कानुनी लडाइँ’

सम्बन्धित

ट्रेड युनियन खारेजी: प्रधानमन्त्रीको ‘सिस्टम सुधार्ने’ अठोट र कर्मचारीको ‘कानुनी लडाइँ’

स्मार्ट टेलिकमका प्रबन्ध निर्देशक जोशी पक्राउ

शेखर गोल्छा सीआईबी नियन्त्रणमै, बीमा सम्बन्धी कसुरमा अनुसन्धान जारी

रोशी खोलाको भेलमा फसेका ८९ जना यात्रुको सकुशल उद्धार

भूमि आयोगमाथि ‘अध्यादेश’ को प्रहार: अदालतलाई छल्ने कि सुकुमवासीलाई अल्झाउने?

रोशी खोलाको बहाव बढेपछि ५ गाडी र यात्रुको उद्धार, १५० सवारी साधन बीचमै रोकिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com