ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अपराध अनुसन्धानलाई थप प्रभावकारी बनाइने– महानिरीक्षक राई


एबीसी न्यूज

 

काठमाडौँ, २७ असार । अपराध अनुसन्धानलाई थप प्रभावकारी बनाइने प्रहरी प्रधान कार्यालय मानवस्रोत एवं प्रशासन विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ठूले राईले बताउनुभएको छ ।

अपराध अनुसन्धान कार्ययोजनाअन्तर्गत सम्पादन भएका कार्यको आज समीक्षा बैठकमा उहाँले अपराध अनुसन्धानको क्षेत्रमा अभाव भएका योजनालाई उक्त कार्ययोजनाले पूरा गरेको उल्लेख गर्दै अपराध अनुसन्धानको चुनौती सामना गर्न कार्ययोजनासक्षम हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रहरी अतिरिक्त महानिरीक्षक राईले समीक्षाबाट प्राप्त सुझावलाई आगामी दिनमा वस्तुनिष्ठ रुपले प्रयोग गरी अपराध अनुसन्धान क्षेत्रलाई सुधार गर्दै प्रभावकारी रुपमा अगाडि बढाउने बताउनुभयो । अनुसन्धान तथा अभियोजन समेतका कार्यलाई सुदृढ एवं समयानुकूल आधुनिकीकरण गर्न कार्ययोजना माध्यम भएको चर्चा गर्दै राईले कार्ययोजना सफल कार्यान्वयन गरी नागरिकको चाहना र राज्यको उद्देश्य पूरा गर्न रचनात्मक सुधार गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा प्रहरी प्रधान कार्यालय, कार्य एवं अपराध अनुसन्धान विभागका प्रहरी नायब् महानिरीक्षक पिताम्बर अधिकारीले नेपाल प्रहरीले अनुसन्धानको क्षेत्रमा एउटा विशेष स्थान राखेको बताउँदै ‘पीडितलाई न्याय तथा अपराधीलाई सजाय, आमनागरिकलाई सुरक्षाको भरोसा’ भन्ने नारासहित प्रहरीले अपराध अनुसन्धान कार्ययोजना २०७१ देखि लागू गरेको थियो ।

सहन्यायाधिवक्ता श्यामकुमार भट्टराईले अपराध अनुसन्धान र शान्ति सुरक्षाका लागि गरिने लगानी विकास र समृद्धिकै लागि भएकाले अन्यथा लिन नहुने विचार व्यक्त गर्नुभयो । प्रा डा हरिहर वस्तीले अपराध अनुसन्धानको क्रममा मेडिकल क्षेत्रको महत्व पहिचान भइसकेको अवस्थामा सबुत प्रमाणलाई बढी वैज्ञानिक बनाउन पहल हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।

बैठकमा नेपाल प्रहरीको अनुसन्धानसम्बन्धी विशिष्टिकृत ब्यूरो, सङ्घीय प्रहरी एकाइ कार्यालयका प्रमुख, फरेन्सिक विज्ञ, अदालतका रजिष्ट्रार तथा श्रेस्तेदार र मुद्दा चल्ने प्रहरी एकाइका प्रतिनिधिको सहभागिता रहेको थियो । अपराध अनुसन्धान कार्ययोजना २०७१ ले अपराध अनुसन्धान र अभियोजनमा पारेको प्रभावको समीक्षा र सामूहिक छलफलबाट साझा धारणा तथा भावी रणनीति तयार गरी अगाडि बढ्ने उद्देश्यले समीक्षा बैठक आयोजना गरिएको हो ।

विदेशीको नगद लुटपाट

काठमाडौँ महानगरपालिका– ६ बौद्ध तिनचुली डेरा गरी बस्ने ४० वर्षीय जापानी सुमिजु तेन्जिको रु दुई लाख आज लुटपाट भएको छ ।

उक्त घरभित्र पसी अपरिचित समूहले सुमिजुलाई धारिलो हतियार प्रहार गरेर घाइते बनाई साथमा रहेको नगद लुटपाट गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उक्त खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले फरार लुटेराको खोजी गरिरहेको छ । घाइते सुमिजुको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको छ ।

फरार प्रतिवादी पक्राउ

अदालत परिसरबाट फरार कागेश्वरी मनहरा नगरपालिका– ७ मूलपानी बस्ने ३० वर्षीय रामबोल खड्कालाई प्रहरीले पक्राउ गरेको छ । बंैकिङ कसुर मुद्दाका प्रतिवादी खड्कालाई गत मङ्गलबार पक्राउ गरी महानगरीय प्रहरी वृत्त सिंहदरबारबाट म्याद थपको लागि विशेष सरकारी वकिल कार्यालय काठमाडौँमार्फत उच्चअदालत पाटन वाणिज्य इजलास ललितपुर लगेकोमा सोही अदालत परिसरबाट फरार भएका थिए ।

उनलाई खोजी गर्ने क्रममा बिहीबार साँझ पुनः पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com