ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अत्यधिक दुर्घटनापछि ज्यानमारा सडक अब रहेन


एबीसी न्यूज

 

काठमाडौँ, २७ असार । गत आवमा १९ जनाको सडक दुर्घटनाका कारण ज्यान गएपछि पोखरा – बागलुङ जिरो किलोमिटरको सडकको रुप यतिबेला फेरिएको छ । पोखरा महानगरपालिका वडा नं ५ को पहलमा राखिएको डिभाइडरलगायत पूर्वाधारको विकासले दुर्घटनालाई न्यूनीकरण गरेपछि स्थानीयवासी निकै खुशी छन् ।

सुरक्षित सडकको मापदण्डलाई ध्यान दिँदै रोड मेडियन ब्यारियर ९३३ सेन्टिमिटरको उचाइ निर्माणसँगै सौर्यबत्ती जडान र सडक चौपायाको उचित व्यवस्थापन गर्नाका साथै वडा ट्राफिक प्रहरी पोष्टमार्फत निगरानी बढाइएपछि दुर्घटना न्यूनीकरण भएको महानगरका प्रवक्ता एवं वडा नं ५ का वडाध्यक्ष धनबहादुर नेपालीले जानकारी दिनुभयो । नेपालीका अनुसार ६ लेनको आधुनिक सडकमा डिभाइडर नहुँदा चालकले जथाभावी तीव्र गतिमा सवारी हाँक्ने तथा ट्राफिक नियमको उल्लङ्घन र छाडा चौपायाका कारण दिनहुँजसो दुर्घटना हुँदा धेरैले ज्यान गुमाएका थिए ।

“सडकको स्तरोन्नती भयो तर चालकहरुको लापरवाहीले दुर्घटना डरलाग्दो बन्दै गयो । अहिले पाँच महिना यता डिभाइडरलगायत पूवर्वाधारले दुर्घटना कम भएको छ भने मानवीय क्षति हुने गरी दुर्घटना भएको छैन”, नेपालीले भन्नुभयो “डिभाइडरमा ट्राफिक कलर लगाउनुका साथै सडक दुर्घटना न्यूनीकरणका लागि आमा समूह र विद्यार्थीलाई ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गर्दै आएका छौँ ।”

अत्यधिक दुर्घटनाका कारण मानवीय एवं भौतिक क्षति बढ्न गएपछि सडकलाई ज्यानमारा सडक नाम राखिएको थियो । अहिले सुरक्षित सडकका लागि सबैले पहल थालेपछि त्यो नाम हटेको छ ।“जिरो किलोमिटरदेखि विन्ध्यवासिनीसम्मको उक्त सडक झण्डै तीन किमीको छ । अहिले नौ सय मिटरमा डिभाइडर राखिएको छ ”, वडा सदस्य अञ्जु क्षेत्रीले भन्नुभयो “अहिले दिनहुँ हुने दुर्घटनाम कमी आएको छ ।” केन्द्रीय सडक परियोजनाको बहुवर्षीय योजनाअन्तर्गत रु ७८ लाखमा बोलपत्र आह्वान गरेर काम थालिएकामा चालु आवमा डिभाइडर राखिएको क्षेत्रीले जानकारी दिनुभयो । सडक छेउमा इलेक्ट्रोनिक पसल गर्दै आउनुभएका दीनबन्धु भुर्तेलले पनि डिभाइडरलगायत पूर्वाधार बनेपछि ठूलो र मानवीय क्षति हुने खालका दुर्घटना देख्नु नपरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com