मेल्लेखलाई साक्षर घोषणा गरिने– अध्यक्ष वोहरा



 

 

काठमाडौँ, २७ असार । मेल्लेख गाउपालिकाले गाउटोलमा रहेका निरक्षर नागरिकको लागि घरमै कक्षा सञ्चालन गर्ने भएको छ । गाउपालिकालाई साउन महिना भित्र पुण साक्षर घोषणा गर्ने लक्ष्य अनुरुप अभियान सञ्चालन गर्न लागिएको गाउपालिका अध्यक्ष लोकवहादुर वोहराले बताउनुभएको छ । आज मेल्लेखमा बसेको शिक्षा समितिको बैठकले ८ वडा रहेको मेल्लेख गाउपािलकाका सबैवडामा रहेका निरक्षरहरुलाई पत्ता लगाई कक्षा सञ्चालन गर्न लागिएको उहाले जानकारी दिनुभयो ।

निरक्षर विद्यार्थीलाई स्टेसनरी सामाग्री गाउपालिका शिक्षा शाखाले उपलब्ध गराउने कालुिसह वोहराले वताउनुभयो । गाउमा रहेका शिक्षित व्यक्तिले एक विद्यार्थी पढाए वाफत गाउपालिका ५ सय रुपैया उपलब्ध गराउने भइको छ । अछामलाई भदौ भित्र साक्षर जिल्ला घोषणा गर्ने उदेश्य अनुसार अछामका स्थानिय तहले साक्षरता अभियान सञ्चालन गिररहेका छन् ।

    Comment Here!


सम्बन्धित समाचार

View All