त्रिभुवन विमानस्थलमा यतिको विमान धावनमार्गबाट चिप्लिएपछि……



 

काठमाडौँ, २७ असार । त्रिभुवन विमानस्थलमा नेपालगञ्जबाट आएको यतिको विमान धावनमार्गबाट चिप्लिएको छ ।
नेपालगन्जबाट ६६ जना यात्रु बोकेर काठमाडौं आएको यतिको एटीआर ७२ विमान अवतरणको क्रममा धावनमार्गबाट चिप्लिएर २० मिटर पर ट्याक्सी वेमा पुगेको हो ।

कोटेश्वरतर्फको प्रवेश विन्दूबाट अवतरण गर्दा ’डेल्टा’ नामको ट्याक्सीवे नजिककै धावनमार्गबाट चिप्लिएको हो । विमानमा रहेका यात्रुहरुमध्ये २ जनाको अवस्था गम्भिर रहेको छ । उनीहरुलाई उद्धार गरी सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज तथा शिक्षण अस्पताल पठाइएको छ ।

    Comment Here!


सम्बन्धित समाचार

View All