ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मृत्युको आयु’ बजारमा


एबीसी न्यूज
असार २६, २०७६ बिहीबार  ३ : ३९ बजे

 

काठमाडौँ, २६ असार । जनस्वास्थ्यविज्ञ तथा लघुकथा विधाका हस्ताक्षर रवीन्द्र समीरको नयाँ उपन्यास कृति ‘मृत्युको आयु’ बजारमा आएको छ । वैदेशिक रोजगारीका लागि खाडी मुलकमा पुगेका एक व्यक्तिको मृत्युपछि उनको आत्माको दृष्टिकोणबाट लेखिएको यो नवीनतम कृतिले वैदैशिक रोजगारीमा जानेहरुको कारूणिक कहरलाई काल्पनिक भाषामा प्रस्तुत गरेको छ ।

फाइनप्रिन्टले प्रकाशन गरेको कृतिमा संरचनात्मक नयाँपनको खोजी गरिएको छ । लघुकथाका रुपमा पढ्न सकिने ससाना कथालाई उनेर लेखकले उपन्यास तयार गर्नुभएको हो ।

यही नयाँपनलाई लक्ष्य गर्दै आख्यानकार नयनराज पाण्डेले एउटा खास किसिमको ढाँचामा आइरहेको नेपाली आख्यान क्षेत्रमा ‘मृत्युको आयु’ फरक खालको कथावाचन शैलीमा प्रस्तुत भएको जनाउँदै विप्रेषणका भरमा टिकिरहेको नेपाली अर्थतन्त्र र त्यसले व्यक्ति, परिवार र समाजमा पारिरहेको भयावह प्रभावको सशक्त एवम् मार्मिक चित्रणले उपन्यासलाई समकालीन समस्यासित जोड्ने आफ्नो भूमिकामा उल्लेख गर्नुभएको छ ।

स्वैरकाल्पनिक शैलीमा लेखिएको उपन्यास चोटिलो र मर्मस्पर्शी रहेको आख्यानकार अमर न्यौपानेले बताउनुभएको छ त्यस्तै लेखक तथा व्यवसायी जीवा लामिछानेले मृतकको आत्माले कहेको यो कथा मार्मिक र अझ बढी पीडादायी भएको जनाउनुभएको छ ।
लेखक समीरले लघुकथाहरुलाई बुनेर उपन्यास बनाउने प्रयोग गरेको बताउनुभएको छ । उहाँका अनुसार यसमा रहेका १६६ लघुकथा आफैंँमा स्वतन्त्र छन् । यिनबाट बनेको उपन्यास पनि आफंैँमा स्वतन्त्र रहेको उहाँको भनाइ छ । यसअघि चिकित्सक नाम डा रवीन्द्र पाण्डे हुनुभएका समीरका आठ लघुकथा सङ्ग्रह, एक एक मुक्तक सङ्ग्रह, नियात्रा सङ्ग्रह र संस्मरण प्रकाशित छन् । पछिल्लो कृति उहाँको बाह्रौंँ साहित्यिक कृति हो । उहाँले पद्मश्री साहित्य पुरस्कार, उत्तमशान्ति पुरस्कार, युवा वर्ष मोती पुरस्कार, अनेसास उत्कृष्ट पुरस्कारलयायत थुप्रै राष्ट्रिय तथा अन्तरराष्ट्रिय पुरस्कार एवम् सम्मान प्राप्त पनि प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अध्यादेशमार्फत सत्ता केन्द्रिकरणको जोखिम बढ्दै

ट्रेड युनियन खारेजी: प्रधानमन्त्रीको ‘सिस्टम सुधार्ने’ अठोट र कर्मचारीको ‘कानुनी लडाइँ’

सम्बन्धित

२८ गते संघीय संसद्को अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

जेनजी मुभमेन्ट नेपालद्वारा दुरुत्साहन मुद्दामा प्रधानमन्त्री शाहमाथि छानबिन गर्न प्रहरीमा उजुरी

ट्रेड युनियन खारेजी: प्रधानमन्त्रीको ‘सिस्टम सुधार्ने’ अठोट र कर्मचारीको ‘कानुनी लडाइँ’

स्मार्ट टेलिकमका प्रबन्ध निर्देशक जोशी पक्राउ

शेखर गोल्छा सीआईबी नियन्त्रणमै, बीमा सम्बन्धी कसुरमा अनुसन्धान जारी

रोशी खोलाको भेलमा फसेका ८९ जना यात्रुको सकुशल उद्धार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com