ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महिला हिंसाका घटना दिनप्रतिदिन वृद्धि


एबीसी न्यूज
असार २६, २०७६ बिहीबार  २ : ५२ बजे

 

काठमाडौँ, २६ असार । पछिल्लो समय बागलुङमा लैङ्गिक हिंसाका घटना बढ्दै गएका छन् । लैङ्गिक हिंसा पीडितको परामर्श र उपचार गर्दै आएको धौलागिरि अञ्चल अस्पतालमा स्थापित एकद्वार सङ्कट व्यवस्थापन केन्द्रले वर्षेनी लैङ्गिक हिंसाका घटना बढ्दै गएको तथ्याङ्क सार्वजनिक गरेको छ ।

सोअनुसार आर्थिक वर्ष २०७५/७६ मा मात्र १३५ लैङ्गिक हिंसाका घटना भएको पाइएको छ । यस्तै आव २०६८/६९ मा २५, २०६९/७० मा ५६, २०७०/७१ मा ७२, २०७१/७२ मा ७०, २०७२/७३ मा ८४, २०७३/७४ मा ९८, २०७४/०७५ मा १०० र २०७५/०७६ मा १३५ लैङ्गिक हिंसाका घटना भएको केन्द्रका प्रमुख परामर्शदाता देवी भट्टराईले जानकारी दिनुभयो । तथ्याङ्क हेर्दा वर्षेनी लैङ्गिक हिंसाका घटनामा वृद्धि हुँदै गएको पाइएको छ ।

यस वर्षको लैङ्गिक हिंसाका घटनामध्ये ११५ महिला तथा २० पुरुष र गत वर्ष १०० हिंसापीडित मध्ये १० पुरुष हिंसामा परेको अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा सागर राजभण्डारीले जानकारी दिनुभयो । “हिंसाका घटनाहरु पहिला पनि नभएका होईनन्”, राजभण्डारीले भन्नुभयो, ‘गोप्य रुपमा परामर्श तथा उपचारका कारण पीडितहरु खुल्न थालेका हुन् ।”

राजभण्डारीका अनुसार बलात्कार, जबर्जस्ती विवाह, पितृसत्तात्मक सोच, मनोवैज्ञानिक असर तथा आफन्तलगायत कारण लैगिक हिंसा हुँदै आएको पाइएको छ । अस्पतालमा तीन वर्षदेखि ९६ वर्षका उमेर समूहका महिला तथा पुरुष हिंसामा परेका छन् । तीमध्ये अधिकांश १४ देखि ५९ वर्ष उमेर समूहका रहेको केन्द्रले जनाएको छ ।

“लैङ्गिक हिंसामा परेकालाई उद्धार, परामर्श, औषधोपचारदेखि पुनस्थापनासम्मको काम गर्र्छौँ”, भट्टराईले भन्नुभयो “जनशक्तिको अभावका कारण कार्यक्षमता बढाउन सकेका छैनौंँ ।”

महिला तथा पुरुषले भोगेका हिंसामध्ये तीन प्रतिशत मात्रै कानूनी प्रक्रियामा जाने अस्पतालका डा शर्मिला ढकालले जानकारी दिनुभयो । विसं २०६८ मा स्थापित केन्द्रले घरेलु तथा यौनिक हिंसाबाट पीडितको उपचार तथा परामर्शमा गोप्य रुपमा सक्दो सहयोग गर्दै आएको छ । लैङ्गिक हिंसामा पर्ने अधिकांश दलित तथा न्यून वर्गीय समुदायको रहेको भट्टराईको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अध्यादेशमार्फत सत्ता केन्द्रिकरणको जोखिम बढ्दै

ट्रेड युनियन खारेजी: प्रधानमन्त्रीको ‘सिस्टम सुधार्ने’ अठोट र कर्मचारीको ‘कानुनी लडाइँ’

सम्बन्धित

२८ गते संघीय संसद्को अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

जेनजी मुभमेन्ट नेपालद्वारा दुरुत्साहन मुद्दामा प्रधानमन्त्री शाहमाथि छानबिन गर्न प्रहरीमा उजुरी

ट्रेड युनियन खारेजी: प्रधानमन्त्रीको ‘सिस्टम सुधार्ने’ अठोट र कर्मचारीको ‘कानुनी लडाइँ’

स्मार्ट टेलिकमका प्रबन्ध निर्देशक जोशी पक्राउ

शेखर गोल्छा सीआईबी नियन्त्रणमै, बीमा सम्बन्धी कसुरमा अनुसन्धान जारी

रोशी खोलाको भेलमा फसेका ८९ जना यात्रुको सकुशल उद्धार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com