
बझाङ, २४ असार । बझाङको बुंङ्गल नगरपालीकामा निर्माणाधिन कालंगा हाइड्रो प्रालीको कार्यालयमा स्थानियहरुले तोडफोड गरेपछीे काम बन्द भएको हो ।
प्रालीको फिल्ड कार्यालयमा काम गर्ने कर्मचारीहरुले शान्ति सुरक्षाको प्रत्याभुत नभएको भन्दै पाँच दिन अघिदेखी नै काम बन्द गरेका हुन ।केहि दिन अधि ललीता धामीको हत्याको बिरोधमा आएका आक्रोसित स्थानियहरुले तोडफोड गरेर प्रालीमा १५ करोड बराबरको क्षेती भएको प्रालीका प्रमुख प्रशासकिय अधिकृत पुष्प चित्रकारले जानकारी दिनु भएको छ ।

असार १६ गते हाइड्रो प्रालीका जेसीवी चालक माधब बोहराले बुंङ्गल नगरपालीका २ की २० वर्षिया धामीको बलत्कार गरि हत्या भएको विषयलाइ दिएर दोषिलाइ कार्वा्हिको माग गर्दै स्थानियले हाइड्रोका फिल्ड कार्यालयमा तोडफोड गरेको थियो ।
आफुहरुको शान्ति सुरक्षा नभएको र कम्पनी कार्यालयमा आक्रमण तोडफोड गर्नेहरु लाई कार्वाही र क्षति असुलीका लागी प्रालीले माग गर्दै आएको छ ।ललीता धामीको हत्या सँङ्लग्न जेसीवी चालक माधब बोहरा भने प्रहरीको हिरासतमा छन








प्रतिक्रिया दिनुहोस्